रअ प्रमुखसँग भेटेको समाचार कपोलकल्पित र भ्रामक: प्रचण्ड सचिवालय

हिमाली आवाज । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ को सचिवालयले केही अनलाइन मिडियाहरुमा ‘प्रचण्ड र माधव नेपालसँग रअका प्रमुख गोयलको गोप्य भेट, बिहीबार मात्रै दिल्ली फर्कने’ भनेर प्रकाशित समाचारको खण्डन गरेको छ ।

प्रचण्डको नीजि सचिवालयका तर्फबाट प्रेस संयोजक विष्णु सापकोटाले उक्त समाचारप्रति सचिवालयको ध्यानाकर्षण भएको भन्दै संवेदनशील बिषयमा झुट, कपोलकल्पित र भ्रामक समाचारप्रति खेद प्रकट गरेका छन् । साथै उनले आम जनसमुदाय तथा सञ्चार जगतलाई भ्रममा नपर्न अपील पनि गरेका छन् ।

यस्तो छ प्रचण्डको सचिवालको विज्ञप्ति ः
भ्रामक समाचारप्रति गम्भीर ध्यानाकर्षण
नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ का बारेमा केही अनलाइन मिडियाहरुमा ‘प्रचण्ड र माधव नेपालसँग रअका प्रमुख गोयलको गोप्य भेट, बिहीबार मात्रै दिल्ली फर्कने’ शीर्षकमा प्रकाशित समाचारप्रति हाम्रो सचिवालयको गम्भीर ध्यानाकर्षण भएको छ ।
सम्वेदनशील बिषयमा झुट, कपोलकल्पित र भ्रामक समाचारप्रति खेद प्रकट गर्दै आम जनसमुदाय तथा सञ्चार जगतलाई भ्रममा नपर्न अपील गर्दछु ।

विष्णुप्रसाद सापकोटा ‘जुगल’

प्रेस संयोजक
अध्यक्ष प्रचण्डको निजी सचिवालय

Comments
Loading...