पोखरामा होम आइसोलेशनमा बसेका संक्रमित सहित दुई जनाको मृत्यु

हिमाली आवाज । पोखरामा आज थप दुई कोरोना संक्रमितको मृत्यु भएको छ ।

पोखरा महानगरपालिका–१५ का ८१ बर्षीय कोरोना संक्रमित पुरुषको आज बिहान होम आईसोलेसनमा रहेकै क्रममा निधन भएको स्वास्थ्य निर्देशनालय पोखराले जनाएको छ ।

मृतकमा गत कात्तिक १२ गते संक्रमण पुष्टि भएको थियो । त्यसैगरी स्याङ्जाको वालिङ –५ का ७० बर्षीय महिलाको मिति पनि आज बिहान ८ः३५ बजे पोखरा स्वास्थ्य बिज्ञान प्रतिष्ठानको आइसीयूमा उपचारका क्रममा निधन भएको छ ।

उनमा गत कात्तिक ९ गते संक्रमण पुष्टि भएको थियो । अध्यावधिक विवरण अनुसार गण्डकी प्रदेशमा कोरोनाको संक्रमणबाट मृत्यु हुनेको संख्या ७५ पुगेको जनाइएको छ ।

Comments
Loading...