तुइन विस्थापन गर्दै प्रदेश सरकार

मकवानपुर । बागमती प्रदेशका भौतिक पूर्वाधार तथा विकासमन्त्री रामेश्वर फुँयालले प्रदेशका विभिन्न जिल्लामा बाँकी रहेका पुराना तुइन विस्थापन गरी यसै आर्थिक वर्षभित्र झोलुङ्गे पुल निर्माण गरिने बताउनुभएको छ ।

सोका लागि मन्त्रालयले प्राविधिक टोली जिल्ला÷जिल्लामा खटाइसकेको र प्रतिवेदन आउन बाँकी रहेको मन्त्री फुँयालले बताउनुभयो ।
काठमाडौँ उपत्यका बाहेक १० जिल्लाका १६ गाउँपालिकामा रहेका खरको छानालाई पनि मुक्त गरी जस्तापाताको छानो निर्माणको दृढता पनि उहाँले व्यक्त गर्नुभयो ।

प्रदेशका आठ जिल्लामा परम्परागत २४ राजकुलोको मर्मत गरी सञ्चालनमा ल्याउन सम्बन्धित प्राविधिकले निर्माण कार्य शुरु गरिसकेको उहाँको भनाई छ ।

मन्त्री फुयाँलले यसै आर्थिक वर्षभित्र १३ जिल्लाका विभिन्न दुर्गम भेगका जनतालाई सुविधा उपलब्ध गराउने गरी करीब सय नयाँ पक्की पुलको निर्माणका लागि सम्बन्धित कार्यालयलाई बजेट उपलब्ध गराइसकेको जानकारी दिनुभयो ।

Comments
Loading...