संक्रमणको बेला छिमेकीले के छ ? भनेर सोधिदिए हुन्थ्यो भन्ने आस लाग्दो रहेछ

♦ कृष्ण थापा
हाम्रो वि.सं. २०५६ मा प्रेम विवाह भएको हो, प्रेम सम्बन्धमा धेरै उतारचढाव, अनुभव गर्ने अवसरसँगै मिल्यो ।

विश्व अहिले कोरोना महामारीको सन्त्रासमा रहेको समयमा पनि यो के विषय होला भन्ने लाग्न सक्छ ? नेपालमा पनि महामारीको ठूलो रुपसँगै सरकार तथा दलका नेता उल्टो बाटो, सत्ता र पदको खिचातानीमा व्यस्त रहेका छन् । म आफू पनि महामारीबाट सचेत रहदा रहदै विगत १५ दिनदेखि कोरोना संक्रमित भई घरको एउटा कोठामा बसिरहेको छु ।

सुरुमा मलाई कार्तिक ३ गते कोरोना पोजेटिभ देखियो । त्यस समयमा सबैलाई चिन्ता थियो ? परिवारबाट अलग भई बस्दा के हुन्छ ? के होला ? सुरुमा असोजको अन्तिम हप्तादेखि अप्ठेरो हुँदाहुँदै पनि पदीय जिम्मेवारीका कारण व्यस्त रहनुप¥यो, एकजना कर्मचारीलाई पोजेटिभ देखिएपछि कन्ट्रयाक्ट ट्रेसिङ्गमा परि मैले पनि जाँच गर्नुप¥यो, मलाई पोजेटिभ हुन्छ किनकी मलाई मिल्दोजुल्दो लक्षण थियो र म छुट्टै बस्दै उच्च सुरक्षा, सतर्कता अपनाएको थिएँ ।

बडादशैँ आउँदै थियो परिवारलाई के हुन्छ ? भन्दै चिन्ता लाग्यो र रक्त सञ्चार केन्द्रका प्रमुख मित्र अर्जुन ज्ञवाली घरमै आई सबै परिवारको स्वाव निकाल्नुभयो । भोलिपल्ट राती १० बजे अर्जुनजीले फोन गर्नुभयो, राधिकाजी कता हुनुहुन्छ, मैले सोधे पोजेटिभ आयो अरुको नेगेटिभ आयो धन्न ।
सपरिवार दशैँ मनाउने मेरो इच्छा पुरा भएन तर मेरो श्रीमतीको इच्छा पुरा भयो, उनले भन्थिन मलाई पनि पोजेटिभ हुन्छ, भन्थिन साँच्चै त्यस्तै भयो । कस्तो कोरोना भाइरस माया गर्ने सँगै हुँदो रहेछ । सुरक्षा, सतर्कता अपनाउँदा अपनाउँदै कस्तो चिनेको कोरोना धन्यवाद । डाक्टरलाई सोधे के गरौँ ? हुन्छ सुरक्षा सतर्कता अपनाउनुहोला । ५ दिन एक्लै बसेको १५ दिनदेखि हामी पनि सँगै छौँ ।

तर मेरो टोलका केही छिमेकी, केही सँधै भेट हुनेहरु पनि टाढा भई लौ बर्बाद भयो, टोलका सबै मर्छन् भन्ने, घर माथिबाट देख्दा पनि भित्र छिर्ने, बोल्न समेत छाडे मानौँ कि हामीले त ठूलै अपराध गरिएछ जस्तो ? यतिसम्म कि छोरा छोरी बाहिर निक्कदा नबोल्ने, आँखा तर्ने, केही छिमेकीले मात्र यस्तो बेला टोल छिमेकीबाट इष्ट मित्रले के छ ? भनेर सोधिदिए हुन्थ्यो भन्ने आश हामीलाई लाग्दो रहेछ ? तर केही छिमेकी इष्टमित्र साथिभाइ घरमै आउनुहुन्थ्यो ।

फरक यत्ति होकि बढी आशा गरेको व्यक्तिको मात्र । धेरैले आत्मबल बढाउने कुरा गर्नुहुन्थ्यो । केहीले केही फरक कमजोर बनाउने, पटक–पटक कस्तो मात्र छ भनि सोध्ने । यो महामारीमा सबै सचेत हुनुपर्छ । आफू, परिवार र समाजलाई समेत सचेत तथा सतर्कता अपनाउनुपर्छ ।
म कार्यरत रहेको संस्था रेडियो सराङ्गकोट, सराङ्गकोट बहुउद्देश्यीय सहकारी संस्थामा समेत कोरोनाको अफिस हो भनेर लाञ्छना लगाउने, कर्मचारीलाई बाहिर हिड्दा अभद्र व्यवहार गर्दा केही दिन संस्था सञ्चालन गर्दा समेत केही अफ्ठेरो भएको थियो । संक्रमित परिवारलाई हेला र तिरस्कार गर्ने अधिकार कसैलाई छैन, त्यस्ता असमाजिक व्यक्तिहरु धेरै ठाउँमा भेटिए, देखिए, र धेरै संक्रमितहरुको अनुभव यस्तै रहेको छ । यस्तो कार्य गर्दा सामाजिक एकता भड्किन सक्छ, यस्तो कार्य हुनबाट सबै सचेत बनौँ र बनाऔँ । संक्रमण सबैलाई हुन सक्छ, सबैले सबैलाई सहयोग गर्नुपर्छ ।

हामी भित्र बसिरहदा एकान्त वातावरण भएकाले मेरी श्रीमती मन सानो गर्छिन्, रुन्छिन् । ४–५ दिन अलि गाह्रो भयो, कुरा खेल्ने, मन आत्तिने, शरीर दुःख्ने भयो तर हामीले आफूले आफूलाई सम्हाल्यौँ । एक आपसमा पुराना कुरा, व्यवहारिक कुरा एवं आत्मबल दह्रो बनाउँदै आज १५ दिन भएछ । सँधै अरु बेला म आफ्नो काममा मेरी श्रीमती आफ्नो काममा व्यस्त हुने, आज पुरा समय एक आपसमा व्यवहारिक कुराहरुले थप मजबुद भएको महशुस भएको छ ।

कोरोनाले जीवनमा जिम्मेवारी, कर्तव्य, माया, ज्ञान बढेको छ । दुःखमा आत्तिने र सुखमा मातिनु हुदैन भन्ने कुराको पूर्ण बोध भएको छ । यो पटकको दशैँ सपरिवार मान्न मिलेन, परिवार तलको कोठामा हामी बन्द कोठामा रहदा, छोरीले जमरा, टीका ल्याई बाहिर ढोका राखीन् मैले उनलाई, उनले मलाई टीका जमरा लगाई आशीर्वाद लियौँ–दियौँ ।

जीवनमा यस्तो आत्मिय दशैँ मनाउन पायँौ, धन्य यतिसम्म पाईयो, महामारीले कति विछडिएका छन् मृत्युमा समेत परिवार छैनन् । सबैलाई पर्दा सबै चाहिन्छन् । यो कोरोनाले सकारात्मक भावना दिन सकोस, सकारात्मक भावना बढाउन कोरोना महामारी अवसर पनि हुन सक्छ ? यसबाट बच्न र बचाउन पोजेटिभ समाज निर्माण हुन सक्छ । सकारात्मक हौँ, आत्मियता बढाऔँ, सुरक्षित हुँदै सतर्क रहँौँ पर्दा सबैलाई सहयोग गरौँ । यो भन्दा ठूलो माया के नै हुन सक्छ र ?
लेखकः रेडियो सराङ्कोटका कार्यकारी निर्देशक हुन् ।

Comments
Loading...