पोखरामा ५९ वर्षीया महिलाको कोरोनाबाट मृत्यु

हिमाली आवाज । पोखरा महानगरपालिका–५ का ५९ वर्षीया महिलाको कोरोना संक्रमणबाट निधन भएको छ ।

गत कात्तिक १४ गते संक्रमण पुष्टि भई पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको कोभिड उपचार केन्द्रको आइसीयूमा उपचाररत महिलाको हिजो राति ११ बजे मृत्यु भएको प्रतिष्ठानका निर्देशक सहप्राध्यापक डा अर्जुन आचार्यले जानकारी दिनुभयो ।

उहाँका अनुसार हालसम्म प्रतिष्ठानमा २६ संक्रमितको मृत्यु भएको छ ।

Comments
Loading...