गण्डकी प्रदेशमा कोरोना संक्रमित साढे आठ हजार कटे

हिमाली आवाज । गण्डकी प्रदेशमा बिहीबार २७९ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार कास्कीमा आज सर्वाधिक १३३ संक्रमित थपिएका छन् । ९०३ जनाको परीक्षणमा सो संख्यामा संक्रमित थपिएका हुन् ।

यसैगरी नवलपरासीमा १०९, तनहुँमा १३,पर्र्वतमा १४, गोर्खामा चार, लमजुङ,स्याङ्जा र बाग्लुङमा दुई÷दुई जनामा संक्रमण पुष्टि भएको हो ।
गण्डकी प्रदेशमा हालसम्म आठ हजार ५४३ जनामा संक्रमण पुष्टि भएको छ ।

संक्रमित मध्येमा चार हजार ८०२ निको भएका छन् ।संक्रिय संक्रमित तीन हजार ६४५ छ । हालसम्म कोरोनाबाट ९६ जनाको मृत्यु भएको छ । 

Comments
Loading...