पोखरामा २४ घण्टामा चारको मृत्यु,१३० संक्रमित थपिए

हिमाली आवाज । पोखरामा पछिल्लो २४ घण्टामा चार जना कोरोना संक्रमितको मृत्यु भएको छ भने १३० जनामा संक्रमण पुष्टि भएको छ ।

प्रदेश स्वास्थ्य निर्देशनालयले विज्ञप्ती जारी गरी पोखरा–१७ का ७४ वर्षीय संक्रमित महिलाको गण्डकी मेडिकल कलेज, पोखरा वडा नं १० का ८६ वर्षीय पुरुषको फिस्टेल अस्पताल, पोखरा वडा नं ११ का ६० वर्षीय संक्रमित पुरुषको गण्डकी मेडिकल कलेज तथा पोखराकै ८२ वर्षीया महिलाको मणिपाल शिक्षण अस्पतालमा उपचारका क्रममा मृत्यु भएको जनाएको छ । यससँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितबाट मृत्यु हुनेको संख्या १११ पुगेको छ ।

त्यसैगरी गण्डकी प्रदेशमा पछिल्लो पटक १९७ संक्रमित थपिएका छन् । थपिएका मध्येमा १३० जना पोखराकै मात्र छन् । हालसम्म गण्डकी प्रदेशमा संक्रमितको संख्या नौ हजार ३५५ पुगेको निर्देशनालयले जनाएको छ ।

Comments
Loading...