आन्तरिक राजश्व कार्यालय पोखराको सेवा आजदेखी बन्द

हिमाली आवाज । आन्तरिक राजश्व कार्यालय पोखराको सेवा कात्तिक २६ देखी २८ गतेसम्म बन्द गरिएको छ ।

राजश्व कार्यालयका केही कर्मचारीहरुमा कोरोाना संक्रमण देखिएपछि कर्मचारी तथा करदाताको स्वास्थ्य सुरक्षालाई ध्यान दिई तीन दिन कार्यालयको सम्पूर्ण सेवा बन्द गरिएको प्रमुख कर अधिकृत ऋषिराम पोखरेलले जानकारी दिनुभयो ।

कार्यालय बन्द हुने भएपछि यसबाट करदाताहरुमा पर्न गएको असुविधाप्रति कार्यालयले दुःख व्यक्त गरेको छ ।

Comments
Loading...