Skip

देशकै सच्चा मार्गदर्शकः सूर्यबहादुर केसी

नेपालको राष्ट्रिय राजनीतिहोस्, उद्योग व्यवसाय, बैंकिङ क्षेत्र, सामाजिक, धार्मिक, शैक्षिक, खेलकुद क्षेत्र तथा सामाजिक संघसंस्थाहरुलाई खुलेर आर्थिक सहयोग गर्ने सम्मानित राष्ट्रिय व्यक्तित्व सूर्यबहादुर केसीको असामयिक निधनले हामी सबैलाई दुखित बनाएको छ । आदरणीय केसी दाइलाई जब म सामाजिक संस्था द रेयूकाई नेपालमा २०५३ सालमा जोडिएँ ।

त्यसबेलादेखि नै चिन्दै आएको थिएँ । त्यो बेला मेरो उमेर १७ वर्ष थियो । म पोखरा शाखाको युवा क्रियाकलाप तथा सांस्कृतिक कार्यक्रम संयोजक थिएँ । हामीले युवाको प्रतिभा प्रष्फुटन गराउन विद्यालयस्तरीय नृत्य प्रतियोगिता गरेका थियौं । त्यसैक्रममा पहिलो पटक औद्योगिक क्षेत्र हालको हिमश्री फुड्स प्रालिमा भेट्ने अवसर मिल्यो । पहिलो भेटमा नै दाइले मलाई ‘ए ! थापा भाइ के छ ? परिवार ठिक छ ?’ भन्नुभएको शब्दवाणि आज पनि कानमा ठोक्किरहन्छ ।

मेरो जीवनमा मेरो र परिवारको खबर सोध्ने पहिलो अभिभावक दाइ नै हुनुहुन्छ । दाइको आत्मियतादेखि म साह्रै मोहित र नजिक हुन पुगेँ । पहिलो भेटमै दाइले सो कार्यक्रमलाई मुख्य सहयोगी कार्यक्रमको प्रमुख अतिथि भइदिनुभयो, सदस्यता पनि लिनुभयो सो कार्यक्रममा दाइले सम्बोधन गरेको भनाइ आज पनि मलाई याद छ । युवाहरु सदैव समाजको हुनुपर्छ, सामाजिक कार्यमा सक्रिय हुनुपर्छ, मैले के सहयोग गर्नुपर्छ गर्छु, उहाँको भनाइले मलगायत धेरै युवाहरुलाई मन्त्रमुग्ध बनायो । फलस्वरुप सो समयदेखि निरन्तर सामाजिक कार्यमा मार्गदर्शक अभिभावकरुपमा दाइलाई लिने गरेको छु । र, सदैव लिनेछु ।

मेरो जीवनमा एउटा दीपज्योति बनेर आउनुभयो । सधैँ ‘भाइ के छ ? के गर्दैछौं ? मैले के गर्नुपर्छ ?’ भनिदिने, ऊर्जा दिने दाइको त्यो आत्मीय सम्बन्ध पनि नजिक भयो कि प्रायः दाइसँग भेट भइरहन्थ्यो । भाइ कता म यहाँ छु आउ भन्ने घण्टौं गफ हुन्थ्यो । सधैँ देश र समाजको चिन्ता उहाँमा हुन्थ्यो । दाइले तिमीजस्तो युवा एउटा ठाउँमा जागिर खाएर बस्नु हुँदैन, आफै केही गर्नुपर्छ भन्नु हुन्थ्यो । मैले ७ वर्ष तत्कालीन पोखरा उपमहानगरपालिकाको प्रकाशन शाखामा कार्यकारी सम्पादक पदमा रहँदा दाइसँग पूर्व प्रधानपञ्चको रुपमा अन्तर्वार्ता लिँदाहोस्, पत्रकारिता सुरु गर्दा विभिन्न पत्रपत्रिकामा काम गर्दा दाइको नजिक म हुन्थेँ । आममिडियाप्रति दाइको सधैँ सकारात्मक सोच हुन्थ्यो ।

दाइको ऊर्जाशील साथ सहयोगका कारण पछिल्लो समय विभिन्न सामाजिक संघसंस्थाहरुको नेतृत्व लिने अवसर मिल्यो । कहिले पार्टीगत, जातिगतरुपमा नलागी सामाजिक रुपमा लाग्न दाइले गर्नुभएको ऊर्जाशील सहयोगमा मैले जति प्रशंसा भनाइ राखे पनि सधैँ अपूरो हुनेछ । दाइको सो उदारभावनाप्रति सधैँ ऋणि रहने छु । आभारी रहने छु ।
२०७७ कात्तिक १८ गते बिहान ५ बजे उहाँका सम्धी क्षत्री समाज नेपाल कास्कीका अध्यक्ष पदमबहादुर कार्कीले फोन गर्नुभयो, ‘भाइ थाहा पाउनुभयो, माननीय केसीज्यू बित्नुभो ।’
सो दुःखद खबरले म भावविह्ल भएँ । केही दिनअघि मात्र दाइले मेरो स्वास्थ्य अवस्था बुझ्नुभएको थियो । हौसला प्रोत्साहित गर्नुभएको थियो । आज त्यस्तो अभिभावक गुमाउनुप¥यो । हे भगवान् के सुन्नुप¥यो । म मेरो श्रीमती कोरोना संक्रमित भइ कात्तिक २ देखि घरमै थियौ । मेरो दोस्रो पीसीआर परीक्षण त्यो बेला पनि पोजेटिभ थियो । के गरौं मेरो आँसु सितिमिति खस्न गाह्रो हुन्छ, तर त्यो बिहान सम्हालिन सकिनँ । तर के गर्नु सम्हालिनु पर्दोरहेछ । त्यो बेला पनि दाइकै भनाइ याद आयो, ‘जीवनमा सधैँ सक्रिय हुनुपर्छ । पछाडि हट्नु हुन्न भाइ ।’

त्यसपछि सो दुःखद खबर केन्द्रका साथीहरुलाई जानकारी दिनतर्फ लागेँ । सोचेँ म जान्छु, दाइको अनुहार अन्तिम पटक भए पनि हेर्छु । तर धेरैले कोरोना संक्रमित बाहिर निस्कँदा त्यो महासागरमा नकारात्मक असर पर्छ भन्ने सुझावले रोकिन बाध्य भएँ । र, दाइको आशीर्वाद मिल्नेछ भन्ने आश गरेँ ।
आज यो लेख लेख्दा दाइकै आशीर्वाद होला, स्वास्थ्य अवस्था ठिक बनेर आएको छ । संक्रमणको २२ दिनपछि मेरो रिपोर्ट नेगेटिभ आएको छ । दाइले राष्ट्रियरुपमा गर्नुभएको मानवीय सहयोग र योगदानको मूल्याङ्कनको वर्णन त सायद जति लेखे पनि पूरा हुँदैन ।

पछिल्लो समय म दाइसँग दुई वटा संस्थाको गतिविधिसँग अझ नजिकबाट जोडिने अवसर मिलेको थियो । राष्ट्रिय एकता र जातीय सद्भावमा सदैव समर्पित क्षत्री समाज नेपालको पोखरामै केन्द्रीय कार्यालय रहेको र स्थापनाकालदेखि दाइ प्रमुख संरक्षकको रुपमा हुनुहुन्थ्यो । समाजका हरेक गतिविधि तथा कार्यक्रमहरुमा उहाँको महत्वपूर्ण भूमिका रहने गर्दथ्यो । २०६६ सालमा समाजले प्रथम ऐतिहासिक राष्ट्रिय बिराट ज्ञानमहायज्ञ पोखरामा आयोजना ग¥यो । सो महायज्ञको संयोजक केसी दाइको दाइनाता पर्ने मेरा काका स्व. लोकबहादुर थापा हुनुहुन्थ्यो । म सचिव तथा प्रचारप्रसार संयोजक थिएँ । सो महायज्ञको प्रमुख सल्लाहकारको रुपमा दाइको भूमिका अति नै सह्राहनीय रहेको थियो । सो महायज्ञको कलशयात्रा, नेपालकै नमुना र ऐतिहासिक रहेको थियो । आर्थिक रुपमा ३ करोड रुपैयाँ संकलन गर्ने उद्देश्य रहेकोमा ६ करोड रुपैयाँभन्दा बढी संकलन गर्न सफल भएको थियो । उद्घाटनकै दिन केसी दाइले समाजले सोचेभन्दा बढी रकम १ करोड ५ लाख ५५ हजार ५ सय ५५ रुपैयाँ घोषणा गरी नेपालकै सबैभन्दा ठूलो दान दिने महादानवीर बन्नुभयो । दाइले समाजले जातीय सद्भावका लागि लाग्नुपर्छ, देशलाई कहिल्यै जातीय आधारमा विभाजन गरिनु हुन्न, नेपाल साझा फूलबारीको रुपमा रहनुपर्छ, राजतीतिमा लाग्नुहुनन भन्ने अभिभावकत्व मार्गदर्शन हुने गथ्र्यो । बहुउद्देश्यीय कार्य गर्न सकिने समाज र भौतिक पूर्वाधारमा दाइले सधैँ जोड दिनुहुन्थ्यो ।

सोही अनुसार हाल दाइका प्रिय समाजसेवी समाजका सल्लाहकार प्रेमबहादुर जिसीको संयोजकत्वमा बहुउद्देश्यीय भवन निर्माण समिति गठन भई दाइकै डिजाइनबमोजिम निर्माण कार्यको पहिलो ढलान भइ बाँकी कार्य निर्माणको चरणमा छ । समाजले यस्तो मार्गदर्शक गुमाउँदा दाइले दिनुभएको सुझावलाई कार्यान्वयन गर्दै यो शोकलाई शक्तिमा बदल्न समाज लाग्नुपर्ने केन्द्रीय अध्यक्ष प्राडा दिलबहादुर क्षेत्री बताउनुहुन्छ ।
दाइसँग मैले भेट्दा, कुरा गर्दा, देशको राजनीतिक अवस्था मूल्याङ्कन गर्न सक्ने दृष्टिकोण राख्न सक्ने, दूरगामी दृष्टिकोण भएको कुशल राजनीतिज्ञका रुपमा रहनुहुन्थ्यो । कहिले कसैलाई गाली नगर्ने सकारात्मक सबै पार्टी, व्यक्ति र विशेष गरेर विकास निर्माणमा सकारात्मक भूमिका खेल्न सक्ने फरक विचार भएका राजनीतिज्ञ तत्कालीन राजपरिवारसँग पनि राम्रो सम्बन्ध भएका व्यक्ति सायद बिरलै हुन्छ ।

अब दोस्रोतिर जाऔं हुन त धेरै ठाउँमा धेरै योगदान रहेको व्यक्तिको मूल्याङ्कन कमी हुन्छ । नेपालकै प्रमुख पर्यटकीय धार्मिकस्थलको रुपमा परिचित सराङ्कोट धार्मिक पर्यटकीय क्षेत्र बनाउन संस्थापक अध्यक्ष स्व. लोकबहादुर थापाको नेतृत्वमा बृहत शिवमन्दिर निर्माण कार्य सुरुवात गरिएतापनि सो योजनासहित आदरणीय दाइसँग छलफल गर्दा धार्मिकसँगै पर्यटन पनि जोडेर गएमा सराङ्कोटको वास्तविक पहिचान हुने सल्लाहबमोजिम सराङ्कोट धार्मिक पर्यटन क्षेत्र विकास समितिको निर्माणसँगै सोलाई आर्थिक संकलनका लागि पटक–पटक गरिएको महायज्ञमा दाइबाट भएको सहयोग र पछिल्लो पटक २०७४ सालमा भएको महायज्ञमा दाइको परिवारबाट सो मन्दिरमा रहने मुख्य देवदेविका दर्शनीय अलौकिक मूर्ति संकल्पकर्ता रहनुभइ हाल निर्माण मध्यम चरणमा रहेको छ । सो निर्माणमा आपैm निरीक्षण गरी निर्माण कार्यमा आवश्यक मार्गदर्शकको रुपमा उहाँ सक्रिय हुनुहुन्थ्यो । यस कार्यलाई उहाँले समग्र पर्यटनसँग जोडी देशको विकास, धार्मिक पर्यटन र हाइड्रोपावरले मात्र हुने भनाइ सहित सराङ्कोटको विकासमा आफू लागेको बताउनुहुन्थ्यो । देशमा व्यावसायिक उद्योगको स्थापनामार्फत हजारौं नेपालीलाई रोजगारी दिन सफल हुनुहुन्छ । त्यसैको रुपमा धेरै नै उद्योग, कम्पनी स्थापना गरी संचालनमा रही आएको छ । जो अहिले नेपालको उत्कृष्टमा पर्दछन् ।

समग्र क्षेत्रलाई माया गर्ने, सहयोग गर्ने, क्रियाशील सम्मानित अग्रणी केसी दाइको कमी अब कसले पूरा गर्न सक्ला ? अब यो बिरासत कायम गर्न उहाँ ३ रत्न छोराहरु र परिवारलाई शक्ति प्रदान होस्, यस शोकको घडीमा हामी कोही कसैले माननीय स्व. सूर्यबहादुर केसीलाई एउटा समाज, संस्था वा कुनै राजनीतिक पार्टीको मात्र रुपमा नलिइ सिंगो राष्ट्रिय गौरवको रुपमा लिनुपर्छ र सोही अनुसार सबैले राष्ट्रिय सम्मान गर्नुपर्छ । तबमात्र उहाँप्रति सच्चा श्रद्धाञ्जली रहनेछ । असामयिक अकल्पनीय निधनले हामी जोकोहीलाई भावुक बनाएको छ । अतः यस शोकको यो दुःखद घडीमा शोकसन्तप्त परिवारजन, इष्टमित्र, उहाँसँग जोडिएका व्यावसायिक प्रतिष्ठानहरुप्रति हार्दिक समवेदना सहित सम्पूर्ण भगवान्ले धैर्यधारण गर्ने शक्ति प्रदान गरुन् भनी हार्दिक समवेदना व्यक्त गर्दछु ।
(लेखक रेडियो सराङकोटका कार्यकारी निर्देशक तथा क्षेत्री समाज नेपालका केन्द्रीय उपाध्यक्ष हुन् ।)

टिप्पणिहरु
Loading...