हिमाली आवाज । इन्धन तथा निर्माण सामग्रीको लगातार बढ्दो मूल्यका कारण देशको निर्माण क्षेत्र गम्भीर संकटमा परेको भन्दै नेपाल निर्माण व्यवसायी संघ कास्कीले निर्माण उद्योगमा ‘आपतकाल’ घोषणा गर्न सरकारसँग माग गरेको छ।
संघका अध्यक्ष लिलकाजी गुरुङले आज जारी गर्नुभएको प्रेस विज्ञप्तिमा मध्यपूर्वमा भइरहेको युद्धका कारण डिजेल, पेट्रोल, मट्टितेल लगायत इन्धन पदार्थको मूल्यमा अप्रत्याशित वृद्धि भएको उल्लेख गर्दै त्यसको प्रत्यक्ष असर निर्माण क्षेत्रमा परेको उल्लेख छ । इन्धनसँगै सिमेन्ट, छड, बिटुमिन लगायत निर्माण सामग्रीको मूल्यसमेत निरन्तर बढ्दै गएकोले निर्माण कार्य ठप्प हुने अवस्थामा पुगेको संघको भनाइ छ।
विज्ञप्तिमा भनिएको छ कि मूल्यवृद्धिका कारण निर्माण व्यवसायीहरू ठूलो आर्थिक भारमा परेका छन् भने धेरै आयोजनाहरू प्रभावित भएका छन्। संघले यस अवस्थालाई अत्यन्तै विषम भन्दै सरकारको ध्यानाकर्षण गराएको छ।

संघले मूल्य समायोजनका लागि स्पष्ट नीति नहुँदा व्यवसायीहरू थप मारमा परेको पनि जनाएको छ। राष्ट्र बैंकको मूल्य सूचकांक अनुसार मूल्य समायोजन हुनुपर्ने भए पनि व्यवहारमा त्यसको कार्यान्वयन नभएको संघको गुनासो छ।
यस्तै, संघले तत्काल ‘मूल्य समायोजन निर्देशिका’ जारी गर्न र सबै ठेक्काहरूमा मूल्य समायोजनको व्यवस्था लागू गर्न सरकारसँग माग गरेको छ। साथै, व्यवसायीहरूलाई राहत दिन तत्काल आवश्यक कदम चाल्नुपर्नेमा जोड दिएको छ। यदि वर्तमान अवस्था सुधार नभए निर्माण कार्य पूर्ण रूपमा रोक्न बाध्य हुने चेतावनी समेत संघले दिएको छ।
प्रेस विज्ञप्तिकाे पूर्ण पाठ यसप्रकार छ ।

