संचारिका समुह गण्डकीको अध्यक्षमा राधिका निर्वाचित

हिमाली आवाज । सञ्चारिक समूह गण्डकीको अध्यक्षमा फोटो पत्रकार राधिका शर्मा कँडेल निर्वाचित हुनुभएको छ । पोखरामा सोमबार सम्पन्न समूहको सातौं अधिवेशनबाट कँडेलको अध्यक्षतामा ११ सदस्यीय नयाँ कार्यसमिति सर्वसम्म रुपमा चयत गरेको हो । अध्यक्षमा निर्वाचित कँडेल राससमा फाेटाे पत्रकारका रुपमा कार्यरत हुनुहुन्छ ।

समुहको उपाध्यक्षमा कञ्चन थापा कोइराला, महासचिवमा उमा आलेमगर र सचिवमा चन्द्रिका घिमिरे (अनिता), कोषाध्यक्षमा बालकुमारी पौडेल (तारा) निर्वाचित हुनुभयो । त्यसै गरी समुहको सदस्यमा शोभा नेपाल, रिना थापा (तानी), कृष्ण श्रेष्ठ (रोजी), विनाकुमारी थापा, सपना अधिकारी र देविका तामाङ निर्वाचित भएको निर्वाचन समितिले जनाएको छ ।

अधिवेशनको उद्घाटनपछि राष्ट्रिय सूचना आयोगकी सूचना आयुक्त दुर्गा भण्डारीले महिला अधिकार र समानताका सवालमा खुलेर आवाज उठाउनुपर्नेमा जोड दिनुभयो ।
कार्यक्रममा गण्डकी प्रदेशका प्रेस रजिष्ट्रार विमला भण्डारी, नेपाल पत्रकार महासंघ, गण्डकीका अध्यक्ष रमेश पौडेल, सञ्चारिका समूहकी अध्यक्ष कमला पन्थी, उपाध्यक्ष बशन्ती बास्तोलालगायतले महिला पत्रकारसँगै समग्र महिलाहरुको हक हित र अधिकारका लागि एकजुट हुनुपर्नेमा जोड दिनुभयो ।

Comments
Loading...