सभापति कोइराला संक्रमणमुक्त :कोरोनालाई हेलचक्राई नगरौँ,भयंकर आतकंपनि खडा नगरौँ

हिमाली आवाज । गण्डकी प्रदेशसभा अर्थ तथा विकास समितिका सभापति दीपक कोइराला कोरोना संक्रमणबाट मुक्त हुनुभएको छ ।

गत कात्तिक ३ गते कोरोना भाइरस संक्रमण पुष्टि भएपछि आइशोलेनमा बस्नु भएका कोइराला २५ औँ दिनमा संक्रमणबाट मुक्त हुनुभएको हो ।
सभापति कोइरालाले कोरोनालाई समान्य हो भनेर हेलचक्राई नगर्न आग्रह गर्र्दै ज्यान पनि जान सक्नेतर्फ सचेत गराउनुभएको छ । उहाँले आफू प्लाज्मा दानका लागि तयार रहेको उल्लेख गर्नुभएको छ ।

“२५ औँ दिनमा कोरोनाबाट मुक्ति पाइयो, कोरोना सामान्य हो भनेर हेलचक्राई नगरौँ ज्यान जान पनि सक्छ । भयङ्कर आतङ्क पनि खडा नगरौ ताकि आतङ्कलेनै ज्यान लगोस् ।”कोइरालाले भन्नुभयो ।

Comments
Loading...