भाइटीकाको दिनमा आगलागीमा परेर दाइको मृत्यु, बहिनी घाइते

काठमाडौँ । गएराति कपनस्थित बालुवाखानीमा चोकमा आगलागी हुँदा एकजनाको मृत्यु भएको छ भने २ जना घाइते भएका छन् । आगलागी काठमाडौँको कपन बालुवाखानी चोकस्थित नारायण बहादुर बस्नेतको घरमा भएको छ ।

मध्यराति (साढे १२ बजे) भएको घटनामा नुवाकोट शिवपुरी गाउँपालिका–५ घर भएका कृष्ण बहादुर तामाङको आगलागी हुँदा उनको जलेर मृत्यु भएको महानगरीय प्रहरी वृत्त बौद्धका प्रहरी नायब उपरीक्षक नवीन कार्कीले जानकारी दिनुभयो ।

यस्तै, तामाङकी ३५ वर्षीया बहिनी बिपना तामाङ र उनको छोरा ११ महिनाको दावा तामाङ जलेर आगलागीबाट जलेर घाइते भएको डीएसपी कार्कीले बताउनुभयो । घाइते उनीहरुको कीर्तिपुर अस्पतालमा उपचार भइरहेको छ ।

विपना दाजुसँग भाइटिका लगाउन आएकी थिइन् । उनीहरुले दिउँसो भाइटिका समेत लगाएका थिए । तर भाइटिका लगाएको १२ घण्टा नबित्दै दाजुबहिनीको बिछोड भएको छ

Comments
Loading...