मोटरसाइकलको ठक्करबाट आठ वर्षीय बालकको मृत्यु

हिमाली आवाज । तनहुँमा आज मोटरसाइकलको ठक्करबाट आठ वर्षीय बालकको मृत्यु भएको छ ।

विहान १०ः४५ बजेको समयमा तनहुँको भानु नगरपालिका–५ पञ्चनगर स्थित डुम्रे चन्द्रावती भित्रि सडक खण्डमा चन्द्रावतीबाट डुम्रे तर्फ आउँदै गरेको बा ७० प ६९०१ नं को मोटरसाईकलले पैदलयात्री सोही ठाउँका राजु सिमखडाको छोरा आठ वर्षीय आईज्याक सिमखडालाई ठक्कर दिएको थियो ।

ठक्करबाट गम्भीर घाइते बालकको चितवन मेडिकल कलेज भतरपुरमा दिउसो १ः०५ बजे मृत्यु भको प्रहरीले जनाएको छ । मोटरसाईकल चालकलाई नियन्त्रणमा लिई घटनाका वियषमा थप अनुसन्धान भईरहेको गण्डकी प्रदेश प्रहरी कार्यालय गण्डकीले जनाएको छ ।

Comments
Loading...