श्रीमानले गरे श्रीमतीको हत्या

झापा । झापाको दमक– १ का चूडामणि भण्डारीले आफ्नी श्रीमतीको हत्या गरेका छन् ।

कमल –६ जोगीचौंनस्थित आफ्नो खेतमा गएका समयमा भण्डारीले अन्दाजी ३७ वर्षीया श्रीमती टीकामाया पौडेल भण्डारीलाई आज साँझ धारिलो हतियार प्रहार गरेर हत्या गरेको आरोप लगाइएको छ ।

भण्डारीले श्रीमतीको किन हत्या गरे भन्ने विषय खुल्न बाँकी रहेको र थप अनुसन्धान भइरहेको दमक इलाका प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक विजयराज पण्डितले जानकारी दिनुभयो ।

टिप्पणिहरु
Loading...