नेपाल उद्योग वाणिज्य महासंघको केन्द्रीय सदस्यमा दामु अधिकारी विजयी

हिमाली आवाज । नेपाल उद्योग वाणिाज्य महासंघको केन्द्रीय सदस्यमा दामु अधिकारी विजयी हुनुभएको छ ।

पोखरा उद्योग वाणिज्य संघका अध्यक्ष समेत रहनु भएका अधिकारीले हाज भएको मतदानमा उत्तम लाल चुकेलाई पराजित गर्दै महासंघको केन्द्रीय सदस्यमा विजयी हुनुभएको हो ।संस्थापक सदस्यहरु १२ मध्येबाट अधिकारीले सात मत प्राप्त गर्नुभएको थियो ।

अधिकारी महासंघको वरिष्ठ उपाध्यक्ष पदका उम्मेदवार चन्द्र ढकालको प्यानलबाट निर्वाचनमा होमिनुभएको थियो ।  निर्वाचित भएपछि उहाँले आफूलाई मतदान गर्ने सबैमा आभार व्यक्त गर्नुभएको छ ।

Comments
Loading...