नाबालिका बलात्कारको अभियोगमा पोखरामा एक पक्राउ

हिमाली आवाज । पोखरामा ११ वर्षीया फरक क्षमता भएकी नाबालिका बलात्कृत भएकी छन् ।

घरमा कोही नभएको अवस्थामा डरत्रास, धम्की समेत दिई ललाई फकाई गरी बालिकलाई जर्वजस्ती करणी गरेको अभियोगमा प्रहरीले शनिबार धादिङ त्रिपुरासुन्दरी गाउँपालिका–४ घर भई हाल पोखरा महानगरपालिका–१६ लामाचौर बस्ने २९ वर्षीय दीपक भनिने प्रकाश नेपालीलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी एवं प्रहरी नायब उपरीक्षक सुवास हमालले जानकारी दिनुभयो ।

निज प्रतिवादी बिरुद्ध जर्वजस्ती करणी कसुरमा कास्की जिल्ला अदालतबाट सात दिनको म्याद थप गरी अनुसन्धान प्रकृया अगाडी बढाइएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

Comments
Loading...