कोरोनाबाट मृत्यु हुनेको संख्या १४ लाख ६५ हजार

एजेन्सी । कोरोनाका कारण विश्वभर ज्यान गुमाउनको संख्या १४ लाख ६५ हजार नाघेको छ । विश्व स्वास्थ्य संगठनको पछिल्लो तथ्यांक अनुसार हालसम्म विश्वमा कोरोनाका कारण मृत्यु हुनेको संख्या १४ लाख ६५ हजार १४४ पुगेको छ ।

पछिल्लो २४ घण्टामा ७ हजार ८३७ संक्रमितको मृत्यु भएको छ । सोही अवधीमा ४ लाख ५३ हजार १७० संक्रमित थपिएका छन् ।
हालसम्म विश्वमा कोरोना संक्रमितको संख्या ६ करोड २८ लाख ४४ हजार ८३७ पुगेको छ ।

टिप्पणिहरु
Loading...