एकतावद्ध भएर समृद्ध नेपाल निर्माणमा नेकपा नेतृत्वले काम गर्नुपर्दछ

♦ योगबहादुर क्षेत्री(रवि)
हरेक दुई चिजहरु मिसाएपछि नयाँ बस्तुको प्रतिपादन हुनु स्वाभाविक नै हो । चाहे त्यो रङ होस् या अन्य राजनीतिक पार्टी होस् । तर बिडम्बना बर्तमान नेकपा भित्रको परिवेशमा तत्कालीन नेकपा एमाले र तत्कालीन नेकपा माओवादी केन्द्र नेपालका कम्युनिष्ट बिचार धारण भएका पार्टी थिए । नेपालको परिवर्तनका निम्ति दुई कम्युनिष्ट पार्टीको विचार ,धारण , विधि ,पद्धति र आस्था एउटै थियो, परिवर्तन गर्ने शैलीमा फरक भएता पनि ।
दुवै पार्टीले देश र जनताको परिवर्तन लागिनै काम गर्दै आए । हाम्रा दुई ठूला कम्युनिष्ट पार्टीको गन्तव्य एक भए पश्चात “नेपाल समृद्ध” निर्माण हुन्छ भन्ने सबैमा भयो ।
नेकपा अध्यक्ष केपी शर्मा ओली तथा नेकपा कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल(प्रचण्ड) लगायत दुई पक्षका नेताहरुले कम्युनिष्ट एकीकरण गरी नेपाली राजनीतिमा शक्तिशाली दुई कम्युनिष्ट पार्टीहरु लाई एउटै ल्याए ।

दुई पार्टीका विधि पद्धति नियमहरुलाई एकरुपता गर्ने वातावरण सिर्जना गर्दै गए । त्यस् पश्चात दुई पार्टी एक भई “नेपाल कम्युनिष्ट पार्टी” नेकपा अगाडी बढ्यो ।
यस्तो निर्णयले आम नेता कार्यकर्ता र जनतामा खुःशीको लहर सहित नेकपाको नेतृत्वमा देश समृद्धिको गतिमा जाने विश्वास छायो । तर मुख्य नेताहरुले आफूहरुले गरेको प्रतिवद्धता नै कागजमा सिमित रह्यो । कम्युनिष्ट आचरण र व्यबहारमा नेपाल कम्युनिष्ट पार्टी कम्युनिष्ट हुन लायक बन्न सकेनन् ।
तत्कालीन नेकपा एमालेले जनताको बहुदलीय जनबाद नै हुनुपर्छ भन्ने जस्तो कुरा ल्याउछन् भने तत्कालीन नेकपा माओवादी पक्षकाले २१ औं शताब्दीको बैज्ञानिक समाजवादनै हुनुपर्छ भन्ने कुरा ल्याउछन् ।

आफू आफुमा नै मपाई गर्छन् । तर दुई पक्षका अग्रज नेताहरुले बर्तमान अवस्थामा सामान्य भाषामा यसलाई निहाल्दा दुई रङ मिसावट गर्दा नयाँ रङ बन्छ भन्ने सरल सुत्रको प्रयोग गरी पार्टीको एकता हुँदा जसरी आम नेता कार्यकर्तामा विश्वास खुःशी ल्याउनुपर्दछ ।

जसरी जनचाहना अनुसार नेपाल कम्युनिष्ट पार्टी निर्माण भएको थियो यसैगरीनै अब आउने दिनहरूमा पनि एकतावद्ध भएर आम नेपाली जनताहरुको मनमा बसेर “समृद्ध नेपाल” बनाउने छौँ र सगै जनतासँगै हातेमालो गर्दै अगाडि बढिरहने छौ भन्ने विश्वासका साथ नेपाल कम्युनिष्ट पार्टीको नेतृत्वले काम गर्नुपर्नेछ ।पार्टीका हरेक विधि पद्धति र नीतिको सबैले पालना गर्ने वातावरणको सृजना होस् । नेपाल कम्युनिष्ट पार्टी (नेकपा ) जिन्दावाद ।

(लेखक अनेरास्ववियू कास्कीका नेता हुन् ।)

Comments
Loading...