उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्यद्धय अधिकारी र गिरीलाई सम्मान

हिमाली आवाज । पोखरा उद्योग वाणिज्य संघले आफ्ना अध्यक्ष दामु अधिकारी तथा लेखनाथ उद्योग वाणिज्य संघका पूर्वअध्यक्ष बाबुराम गिरी नेपाल उद्योग वाणिज्य महासंघको केन्द्रीय सदस्यमा विजयी भएकोमा बधाई ज्ञापन गर्दै खुसी प्रकट गरेको छ ।

संघले बुधबार केन्द्रीय सदस्यको रुपमा दुबैलाई सम्मान पनि गरेको छ । पोखरा उद्योग वाणिज्य संघका वर्तमान अध्यक्ष दामु अधिकारी संस्थापक सदस्यमध्येबाट र लेखनाथ उद्योग वाणिज्य संघका पूर्वअध्यक्ष बाबुराम गिरी गण्डकी प्रदेशको तर्फबाट केन्द्रीय सदस्यमा विजयी हुनु भएको हो ।
निर्वाचित केन्द्रीय सदस्यद्धयलाई बधाई ज्ञापन गर्दै संघका निवर्तमान अध्यक्ष विश्वशंकर पालिखेले निजी क्षेत्रको एजेण्डालाई केन्द्रसम्म पु¥याउने काममा सक्रियतापूर्वक लाग्न आग्रह गनुर््भयो ।

नवनिर्वाचित केन्द्रीय सदस्य तथा पोखरा उद्योग वाणिज्य संघका अध्यक्ष दामु अधिकारीले महासंघको केन्द्रीय सदस्यको रुपमा आफूले देशैभरका साना व्यवसायीहरुको समस्या सल्टाउन पहल गर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो ।

महासंघले संचालन गर्ने विभिन्न कार्यक्रमहरु जिल्ला÷नगर उद्योग वाणिज्य संघमा ल्याउने जिम्मेवारी पनि आफ्नो रहेको उहाँले बताउनुभयो । पोखरा उद्योग वाणिज्य संघले संस्थापक सदस्यको रुपमा महासंघको स्थापनाकालमा गरेको योगदानबाटै आफू विजयी भएको भन्दै उहाँले यो जीत पोखरा उद्योग वाणिज्य संघकै भएको उहाँले सुनाउनु भयो । उहाँले पोखरा उद्योग वाणिज्य संघको आसन्न महाधिवेशनबाट सर्वसम्मत नेतृत्व चयनको प्रयास गरिने पनि बताउनुभयो ।

अर्का नवनिर्वाचित केन्द्रीय सदस्य बाबुराम गिरीले महासंघको केन्द्रीय सदस्यको रुपमा निजी क्षेत्र मैत्री नीति÷नियम निर्माणको लागि राज्यसँग लविङ गर्नु आफ्नो दायित्व भएको बताउनुभयो । उहाँले निजी क्षेत्र आफ्नो एजेण्डामा हिँड्नुपर्ने र कुनै दल विशेषको गोटी बन्न नहुनेमा जोड दिनुभयो ।पोखरा उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष नारायण कोइरालाले नवनिर्वाचित केन्द्रीय सदस्यद्धयलाई बधाई ज्ञापन गर्दै जिल्लाका समस्या केन्द्रमा पु¥याृउने पुलको काम गर्न दुबैसँग आग्रह गर्नुभयो ।

संघका उद्योगतर्फकी उपाध्यक्ष विन्दु कोइराला सुवेदीले महासंघमा यस क्षेत्रबाट भएको प्रतिनिधित्वले सबैको इज्जत बढाएको धारणा राख्नुभयो । संघका महासचिव अर्जुन पोखरेलले पोखरा उद्योग वाणिज्य संघको आसन्न अधिवेशनले सर्वसम्मत नेतृत्व चयन गर्न सके संकटको बेला निजी क्षेत्र एक भएको सन्देश जाने बताउनुभयो । उहाँले सर्वसम्मत नेतृत्व चयनको पहलका लागि वर्तमान अध्यक्षदेखि निवर्तमान र पूर्वअध्यक्षहरुसँग आग्रह पनि गर्नुभयो ।

Comments
Loading...