काठमाडौंसहित केही स्थानमा वर्षाको सम्भावना

हिमाली आवाज । भारतको बिहार र आसपास क्षेत्रमा न्यून चापीय प्रणाली रहेका कारण नेपालको मौसममा पनि प्रभाव परेको मौसमविद्ले बताएका छन्।

मौसम पूर्वानुमान महाशााखाका अनुसार आज काठमाडौं उपत्यकासहित देशका केही स्थानमा हल्का वर्षा हुने सम्भावना छ।

महाशाखाले आइतबार बिहान ६ बजे जारी गरेको बुलेटिनमा भनिएको छ ः प्रदेश नं १ को थोरै स्थान साथै बागमती प्रदेश र गण्डकी प्रदेशका पहाडी भूभागका एक(दुई स्थानमा हल्का वर्षाको सम्भावना छ। देशको उच्च पहाडी तथा हिमाली भूभागको १(२ स्थानमा हल्का हिमपातको सम्भावना छ।

Comments
Loading...