अंग्रेजी नयाँवर्षको अवसरमा यस वर्ष पनि पोखरामा रेवानको सडक महोत्सव

हिमाली आवाज । कोरोना कहरका बाबजुद यस वर्ष पनि पोखरामा सडक महोत्सव सञ्चालन हुने भएको छ ।

पर्यटकीय शहर पोखरामा ब्राण्ड बनेको सडक महोत्सव यस वर्ष कोरोना कहरका कारण हुने वा नहुने अन्योलकाबीच सडक महोत्सव आयोजक रेवान पोखराले आज पत्रकार सम्मेलन आयोजना गरी महोत्सव गरिने जनाएको छ । महोत्सव यही पुस १५, १६ र १७ गते आयोजना गरिने रेवानका अध्यक्ष लक्ष्मण बरालले जानकारी दिनुभयो । विगतका वर्षहरुमा पाँच दिन सडक महोत्सव आयोजना गरिएपनि यस वर्ष दुई दिन घटाइएको रेवानले जनाएको छ ।

रेबानले आवश्यक स्वास्थ्य सतर्कता अप्नाउँदै महोत्सव आयोजना गर्ने जनाएको छ । सुस्ताएको पर्यटन उकास्नका लागि महोत्सवलाई निरन्तरता दिने निर्णय गरिएको बताउँदै बरालले भन्नुभयो,‘सुस्ताएको पर्यटन उकास्ने प्रयास हो यो, सबैले यही रुपमा बुझेर महोत्सवमा आउनेमा हामी विश्वस्त छौं ।’

पोखरा सुरक्षित र खुला छ भन्ने सकारात्मक सूचना प्रवाह गरी पर्यटन प्रवद्र्धनका साथ साथै पोखरालाई ‘‘अंगेजी नया“ वर्षको गन्तब्य स्थल’’ को रुपमा प्रवद्र्धन लक्ष्य राखिएको छ ।

महोत्सवमा यस वर्ष सांगीतिक कार्यक्रम नहुने रेबानले जनाएको छ । रेबानले उद्घाटन र समापन बाहेक अन्य कार्यक्रम कोमागाने पार्कमा नगर्नेपनि बताएको छ । महोत्सव संयोजक वसन्त गौतमले भन्नुभयो,‘महोत्सवमा यस वर्ष दोहोरी तथा पप कन्सर्ट केहिपनि हुँदैन ।’

पोखरा पर्यटन परिषदका अध्यक्ष गोपीबहादुर भट्टराईले महोत्सव गरेर आफूहरुले पोखरा खुल्ला छ है भन्ने सन्देश दिन खोजेको बताउनुभयो ।

Comments
Loading...