कास्कीका गुरुङबाट ओली नेकपाको केन्द्रीय सदस्य पद अस्वीकार

हिमाली आवाज । प्रधानमन्त्री केपी शर्मा ओलीबाट केन्द्रीय सदस्यमा मनोनित कास्कीका एक जनाले सो पद अस्वीकार गरेका छन् ।

गत पुस ७ गते बालुवाटरमा सम्पन्न ओली नेकपाको केन्द्रीय कमिटी बैठकबाट केन्द्रीय सदस्यमा मनोनित हुनुभएका कास्कीका दलबहादुर गुरुङले आज विज्ञप्ती जारी गरी पद अस्वीकार गर्नुभएको हो ।

नेकपा कास्की जिल्ला कमिटीका सचिवालय सदस्य रहनुभएका गुरुङले आफू विधि र विधान सम्मत एकतावद्ध नेकपाको पक्षमा रहेको स्पष्ट पार्नुभएको छ ।

Comments
Loading...