संसद विघटनविरुद्ध देशभर प्रदर्शनमा उत्रिन देउवाको अपिल

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले यहीँ पुस १३ गते प्रतिनिधिसभा विघटविरुद्ध देशैभर प्रदर्शन गर्न अपिल गर्नुभएको छ ।

सभापति देउवाले शनिबार एक अपिल जारी गर्दै पार्टीको केन्द्रीय कार्यसमितिको बैठकले गरेको निर्णयअनुसार देशभका १६५ वटै निर्वाचन क्षेत्रमा प्रधानमन्त्री केपी शर्मा ओलीको कदमविरुद्ध प्रदर्शन गर्न आह्वान गर्नुभएको हो ।

प्रतिनिधिसभा विघटनको घटनाका पार्टीले असंवैधानिक र अलोकतान्त्रिक ठहर गरिसकेकोले त्यसविरुद्धको आन्दोलनमा सहभागिताका लागि सभापति देउवाले सबैलाई आग्रह गर्नुभएको छ ।

Comments
Loading...