ट्रकको ठक्करबाट एकाबिहानै दुर्ई पैदलयात्रीको मृत्यु

गुल्मी । गुल्मीमा ट्रकको ठक्करबाट २ जना पैदल यात्रीको ज्यान गएको छ ।

जिल्ला प्रहरी कार्यालय गुल्मीका अनुसार रेसुङ्गा नगरपालिका– १३ भगारिका २६ वर्षका टोप बहादुर रजाली र २३ वर्षका बालकृष्ण भुजेलको ट्रकको ठक्करबाट आइतबार बिहान ज्यान गएको हो ।

बुटवलबाट समान लिएर तम्घास जाँदै गरेको ना ५ ख ३२०४ नम्बरको ट्रकले रेसुङ्गा नगरपालिका वडा नम्बर–१३ भगारी स्थित मसिने खोलामा ठक्कर दिँदा दुबै जनाको घटनास्थलमा नै मृत्य्ु भएको हो ।

चालक र ट्रकलाई प्रहरीले नियन्त्रणमा लिएको जनाएको छ । मृतकको शवलाई पोष्टमार्टकको लागि गुल्मी अस्पताल तम्घासमा राखिएको प्रहरीले जनाएको छ ।

Comments
Loading...