टिप्परको ठक्करबाट दुईको घटनास्थलमै मृत्यु

काठमाडौं । काठमाडौंको चन्द्रागिरि नगरपालिका–१२, गुर्जुधारामा गएराति टिपरको ठक्करबाट दुई जनाको घटनास्थलमै मृत्यु भएको छ ।

मृत्यु हुनेमा धादिङको गल्छी घर भइ थापाथली बस्ने २७ वर्षीय अभय लामा र चितवन घर भइ गुर्जुधारा बस्ने २५ वर्षीय सुभास गमाल छन् । उनीहरुलाई थानकोटबाट कंलकी जाँदै गरेको टिपरले ठक्कर दिएको हो ।

महानगरीय प्रहरी वृत्त थानकोटका डिएसपी घनश्याम श्रेष्ठकाअनुसार बुधबार राति १० तिर बा ४ ख २५७७ नम्बरको टिपरले काठमाडौं आयल स्टोर नजिकै बाटो काट्दै गरेका लामा र गमाललाई ठक्कर दिएको थियो । दुवैको घटनास्थलमै मृत्यु भएको श्रेष्ठले बताउनुभयो ।

Comments
Loading...