‘वल्र्ड पावर लिफ्टिङ’मा नेपाललाई पदक दिलाउने खेलाडी पोखरामा सम्मानित

हिमाली आवाज । ‘२१ औँ वल्र्ड पावर लिफ्टिङ च्याम्पियनसीप’मा नेपाललाई पदक दिलाउने तीन खेलाडी सम्मानित भएका छन् ।

भारतमा सम्पन्न सो प्रतियोगितामा सो प्रतियोगितामा नेपालले तीन स्वर्ण र एक रजत पदक जितेकामा पदक विजेता खेलाडीलाई कपिलबस्तु वडी विल्डिङ तथा फिटनेश सङ्घले पोखरामा नगद सहित सम्मानपत्रबाट सम्मान गरेको हो ।

प्रतियोगितामा स्वर्ण विजेता नेपाली हसन गुरुङ र आशिस आलेमगर तथा रजत पदक विजेता राजेश सुवाललाई सङ्घका अध्यक्ष राजु गिरी, उपाध्यक्ष घनश्याम उपाध्याय, कोषाध्यक्ष कृष्णप्रसाद गुप्ता, सल्लाहकार कैलासप्रसाद गुप्ता लगायतले नगद रु पाँच हजार सहित सम्मान गर्नुभएको थियो ।
प्रतियोगितामा नेपालका पाँच खेलाडीले सहभागिता जनाएकामा थिए । विजेता खेलाडीहरुमा तीन जना पोखराका हुन् । सुर्खेतका श्रृति कार्कीले पनि स्वर्ण पदक जित्न सफल हुनुभएको थियो ।

नेपाली टोलीका प्रशिक्षक समेत रहनुभएका एशियन पावर लिफ्िटङ फेडेरेशनका गिरीले प्रतिकूल अवस्थामा पनि विश्वका ११ देशले सहभागिता जनाएको प्रतियोगितामा नेपालले उत्कृष्ट प्रदर्शन गरेर देशको नाम राख्न सफल भएको बताउँदै पावर लिफ्टिङको राष्ट्रिय प्रतियोगिता गरेर नयाँ नयाँ खेलाडी उत्पादन गर्नुपर्नेमा जोड दिनुभयो ।

 

Comments
Loading...