मादीका लेखनाथ अधिकारी दुई सातादेखि बेपत्ता,खोजीका लागि परिवारको आग्रह

पोखरा, २० पुस ।कास्कीको मादी गाउँपालिका वडा नं ५, चितेपानी निवासी ५४ वर्षीय लेखनाथ अधिकारी बेपत्ता भएका हुनुभएको छ ।

गत पुस ६ गते मर्निङ वाकमा निस्कनुभएका उहाँ हालसम्म घर नफर्केपछि परिवारजनले खोजीका लागि सम्पूर्णमा अनुरोध गरेका छन् ।

बेपत्ता हुनु एक साताअघि उनको पायल्सको अप्रेसनसमेत गरिएको उहाँका भाइ नमराज अधिकारीले जानकारी दिनुभयो । खोजीका लागि जिल्ला प्रहरी कार्यालयबाट तालिमप्राप्त कुकुरको समेत सहयोगमा मादी क्षेत्रमा खोजतलास गरिएको उहाँको भनाई छ ।

धनुवास मावि, मादी–७ छाचोकका पूर्वशिक्षक अधिकारीका श्रीमती र ३ छोरी छन् । कसैले देखेमा नजिकको प्रहरी कार्यालय वा ९८५११०७२०५, ९८४६०८८४०५ मा सम्पर्क गर्न परिवारजनले अनुरोध गरेको छ ।

Comments
Loading...