प्रधानमन्त्री ओलीलाई बेलैमा सच्चिएर पार्टीमा फर्किन नेता भट्टराईको आग्रह

हिमाली आवाज । नेपाल कम्युनिष्ट पार्टी(नेकपा) प्रचण्ड–माधव पक्षिय स्थायी कमिटीका सदस्य योगेशकुमार भट्टराईले प्रधानमन्त्री केपी शर्मा ओलीलाई बेलैमा सच्चिएर पार्टीमा फर्किन आग्रह गनुभएको छ ।

नेकपा निकट जनवर्गीय सङ्गठनहरुको कास्की जिल्ला स्तरीय भेलालाई आज पोखरामा सम्वोधन गर्दै उहाँले प्रधानमन्त्रीले संसद विघटन गरेर गल्ती गरेको उल्लेख गर्नुभयो । उहाँले भन्नुभयो,“अब ढिलो नगरी पार्टीमा फर्किनुस्, अहिल्यै फर्किनु भयो भने समय छ, ३ वर्ष पछि फर्किनु भयो भने समय घर्किनेछ ।” नेता भट्टराईले निर्वाचित प्रतिनिधिहरुको थलो प्रतिनिधिसभा पुनःस्थापना हुने विश्वासमा आफूहरु रहेको बताउनुभएको छ ।
“पूर्व प्रधानान्याधीसहरु,बारका पूर्व अध्यक्षहरु, कानून व्यवसायी लगायत सबै प्रधानमन्त्रीको कदमको विपक्षमा हुनुहुन्छ । यसका बारेमा अदालतमा सुनुवाई चलिरहेकोे छ, हामीलाई विश्वास छ अदालतले संसद् पुनःस्थापना गर्नेछ ।”उहाँले भन्नुभयो ।

नेता भट्टराईले प्रधानमन्त्री ओलीले असंवैधानिक कदम चालेपछि अहिले सबैतिरबाट एक्लिएको बताउँदै उहाँले प्रचण्ड–माधव नेपाल अध्यक्ष रहेको नेकपानै आधिकारिक पार्टी रहेको सुर्य चुनाव चिह्न पनि यही पार्टीको हुने भनाई उहाँको थियो ।

नेकपा स्थायी कमिटीका सदस्य देवेन्द्र पौडेलले प्रधामन्त्रीले अन्तै बाटो लिएपछि आफ्नो पार्टी जनताको परिर्वतन र समृद्धिका लागि नयाँ संकल्प सहित जनतामाझ आएको । बताउनुभयो ।

उहाँले भन्नुभयो,“हामीले सुशासन र समृद्धि भनेका थियौँ,स्थायित्वका साथ समाजवादको यात्रामा अघि बढेका थियौँ तर अहिले बाध्यतावस नयाँ बाटो हिँड्न बाध्य छौँ । जनताको सपना पूरा गर्न निरन्तर लागि रहन्छौँ ।” नेता पौडेलले प्रधानमन्त्रीलाई काम गर्न पार्टीमा कुनै अवरोध र घेरावन्दी नभएको दावी गर्नुभयो ।

Comments
Loading...