सृजना विकास केन्द्रमा नवनिर्वाचित कार्य समितिको पदस्थापन

हिमाली आवाज । सृजना विकास केन्द्र पोखरामा हालै निर्वाचित नयाँ कार्यसमितिको आज औपचारिक पदस्थापन गरिएको छ ।

निर्वाचन समितिका संयोजक बीरबहादुर अधिकारीको अध्यक्षतामा भएको पदस्थापन कार्यक्रममा निवर्तमान अध्यक्ष मीनप्रसाद भट्टराईले नव निर्वाचित अध्यक्ष ईन्द्र पौडेललाई पदस्थापन गराउनुभएको थियो ।

केन्द्रको मंगलबार सम्पन्न अधिवेशनले केन्द्रको अध्यक्षमा इन्द्र पौडेल, प्रथम उपाध्यक्षमा पत्रकार कृष्ण थापा , द्वितीय उपाध्यक्षमा कमलादेवी गिरी, महाचिवमा चन्द्र गिरी, सचिवमा विश्व श्रेष्ठ, कोषाध्यक्षमा कृष्णमान ठूसाजुलाई निर्विरोध निर्वाचित गरेको थियो । यसैगरी सदस्यहरुमा सुशील विजुक्छे,दानबहादुर गुरुङ र अशोक श्रेष्ठ सर्वसम्मत चयन हुनुभएको थियो ।

पोखरा महानगरपालिका वडा नम्बर ८ का वडाध्यक्ष रुद्रप्रसाद बरालको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा जनप्रिय माविका विद्यालय व्यवस्थापन समितिका पूर्व अध्यक्ष तारा गिरी, केन्द्रका पूर्व अध्यक्ष सोमनाथ बराल, विश्वकुमार बिजुक्षे, नेकपा नेता तथा समाजसेवी परशुराम बराल, कांग्रेस नेता तथा समाजसेवी बिरेन्द्रनारायण बिजुक्षे लगायतले नयाँ निर्वाचित कार्य समितिको सफलताको शुभकामना व्यक्त गर्नुभएको थियो ।

संस्थाले द्धन्द्ध पीडित बालबालिकाका लागि पोखरा–१७ मा बालगृह सञ्चालन गरेको र शिक्षा,स्वास्थ्य लगायतका सामाजिक क्षेत्रमा अन्य काम गर्दै आएको छ ।

Comments
Loading...