पोखरामा बिएमडब्लु मोटर्सका गाडीको टेष्ट ड्राइभ

हिमाली आवाज । बीएमडब्लुु मोटर्सका गाडीहरुको टेष्ट ड्राइभ कार्यक्रम पोखरामा सम्पन्न भएको छ ।

बिएमडब्लुका लागि नेपालको आधिकारिक आयातकर्ता लक्ष्मी प्रिमियम मोटर्सले पोखराको सांग्रिला भिलेज रिसोर्टमा आइतबार टेष्ट ड्राइभ कार्यक्रम आयोजना गरेको हो ।

प्रिमियम कार मन पराउने ग्राहकहरु बिएमडब्लुको टेष्ट ड्राइभमा सहभागी हुनुभयो । कम्पनीले पोखरामा टेष्ट ड्राइभका लागि बिएमडब्लुको एक्स फाइभ र एक्स थ्रि गाडी उपलब्ध गराएको थियो ।

बिहान ११ देखि ४ बजेसम्म आयोजित टेष्ट ड्राइभ कार्यक्रममा ग्राहकहरुको उत्कृष्ट सहभागिता रहेको हुण्डाई शोरुम पोखराका अपरेशन इन्चार्ज भीमसिँह खत्रीले जानकारी दिनुभयो ।

उत्कृष्ट ‘ब्रान्ड’को अनुभूती प्रदान गर्ने र प्रिमियम ‘वनरसिप जर्नी’ प्रदान गर्ने लक्ष्यसहित लक्ष्मी प्रिमियमले बिएमडब्लुलाई नेपाली बजारमा उपलब्ध गराएको हो ।

बीएमडब्लु एशिया र बीएमडब्लु बंगलादेशसँग सहकार्य गरि जर्मन ब्रान्ड बीएमडब्लुलाई लक्ष्मी प्रिमियमले नेपाली बजारमा स्थापित र बजारीकरण गरिरहेको छ ।

बिएमडब्लुको शोरुम काठमाडौंको तीनकुनेमा छ । बीएमडब्लुका ग्राहकहरुले ‘डाइनामिक, इनोभेटिभ तथा बोल्ड’ कारको अनुभव गर्न पाउनुहुनेछ ।

Comments
Loading...