दुई ट्रक ठोक्किदा पोखराका खिमबहादुर सहित दुई जनाको मृत्यु

हिमाली आवाज । नवलपरासी (पूर्व) देवचुली नगरपालिका–२ दुम्कौली स्थित पूर्व–पश्चिमराजमार्गमा आज विहान भएको सडक दुर्घटनामा परी दुई जनाको ज्यान गएको छ ।

पूर्वबाट पश्चिम तर्फ जाँदै गरेको ना७ख ७०२३ नं.को ट्रक र बिपरित दिशाबाट आउँदै गरेको ना६ख ३०११ नं.को ट्रक एक आपसमा ठक्कर खाई दुर्घटना हुँदा दुबै पोखरा महानगरपालिका–१५ बस्ने ५१ वर्षीय खिम बहादुर बिक र चितवन बस्ने वर्ष ३१ क राजकुमार न्यौपानेको मृत्यु भएको गण्डकी प्रदेश प्रहरी कार्यालय पोखराले जनाएको छ ।

दुबैको जिल्ला अस्पताल डण्डामा उपचारको क्रममा मृत्यु भएको जनाइएको छ । घटनामा सह–चालकहरु दाङ बबई गाँउपालिका–६ बस्ने वर्ष अन्दाजी ३३ का घनश्याम खड्का र तनहुँ बन्दिपुर गाँउपालिका–३ बस्ने वर्ष १८ का विश्वास शाही घाईते भई पुरानो मेडिकल कलेज भरतपुरमा उपचार भईरहेको प्रहरीले जनाएको छ ।

घाइते दुबै जनाको अवस्था गम्भिर रहेको घटनाको बिषयमा थप अनुसन्धान भईरहेको प्रहरी निरीक्षक गणेश पौडेलले जानकारी दिनुभयो ।

Comments
Loading...