पोखरा उद्योग वाणिज्य संघको नवनिर्वाचित समितिलाई वडा कार्यालय ४ को स्वागत

पोखरा, १८ फागुन । पोखरा महानगरपालिका वडा नम्बर ४ ले पोखरा उद्योग वाणिज्य संघका नवनिर्वाचित कार्यसमितिहरुलाई बधाई तथा स्वागत गरेको छ ।
मंगलबार एक कार्यक्रमको आयोजना गरी नवनिर्वाचित कार्यसमितिलाई कार्यक्रमका प्रमुख अतिथि पोखरा महानगरपालिकाका मेयर मानबहादुर जिसी, वडाध्यक्ष शंकरप्रसाद बास्तोला, वडा सदस्यहरुले अविर तथा माला लगाएर स्वागत गर्नुभयो ।

कार्यक्रममा मेयर जिसीले विकासका लागि व्यापारिक घरनासँगै त्यसका सञ्चालकहरुसँग सहकार्य गर्नु अपरिहार्य रहेको बताउनुभयो ।

पोखरा ४ का वडाध्यक्ष शंकरप्रसाद बास्तोलाले व्यवसायीहरुलाई पार्किङको समस्या रहेको हुनाले उद्योग वाणिज्य संघले सहजीकरण गर्नुपर्ने बताउनुभयो ।

महानगरवासी र व्यावसायीको हकहितकालागि पोखरा ४ ले विशेष भूमिका निर्वाह गर्न तयार रहेको बास्तोलाको भनाइ छ । महानगरले फोहरलाई मोहरमा बदल्ने नितिलिएको हुँदा व्यावसायबाट निस्केको फोहरलाई सही तरिकाले सदुपयोग गर्नुपर्ने खाँचो वडाध्यक्ष बास्तोलाले औँल्याउनुभयो ।

संघका नवनिर्वाचित अध्यक्ष नारायण कोइरालाले व्यावसायीको हकहितका लागि पोखरा महानगरसँग हरेक कार्यक्रममा सहकार्य गर्दै जाने प्रतिवद्धता व्यक्त गर्दै महानगरले पनि उद्योगी व्यवसायीका समस्या समाधानमा लचिलो भएर कामगरिदिन आग्रह गर्नुभयो ।

वडा सदस्य पुष्करबहादुर श्रेष्ठले स्वागत गरेको कार्यक्रममा वडा सचिव रामबहादुर खत्रीले स्वागत गर्नुभएको थियो ।

Comments
Loading...