सरकार र विप्लव नेकपाबीच तीन बुँदे सहमतिमा हस्ताक्षर, नेकपाले शान्तिपूर्ण राजनीति गर्ने

हिमाली आवाज । नेपाल सरकार र नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीबीच तीन बुँदे सहमतिमा हस्ताक्षर भएको छ ।

काठमाडौंमा शुक्रबार प्रधानमन्त्री केपी शर्मा ओली तथा नेकपा महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’को उपस्थितिमा सरकारी वार्ता टोलीका संयोजक गृहमन्त्री रामबहादुर थापा र नेकपा वार्ता टोली संयोजक खड्गबहादुर विश्वकर्माबीच हस्ताक्षर भएको हो ।

तीन बुँदे सहमतिमा देशका राजनीतिक समस्या वार्ता र संवादबाट समाधान गर्ने, नेकपाले शान्तिपूर्ण राजनीति गर्ने, सरकारले नेकपाको प्रतिबन्ध हटाउने, कारागारमा रहेकाहरुको रिहाइ र मुद्दा खारेज गर्ने उल्लेख गरिएको छ।

Comments
Loading...