पत्रकार लौडारी पूर्णप्रसाद÷मायादेवी शान्ति पत्रकारिता पुरस्कारबाट पुरस्कृत

हिमाली आवाज । नेपाल प्रेस युनियन कास्कीद्वारा सञ्चालित पूर्णप्रसाद÷मायादेवी शान्ति पत्रकारिता पुरस्कारबाट पोखराका पत्रकार हिमनिधि लौडारी पुरस्कृत हुनुभएको छ ।

पोखरामा मङ्गलबार आयोजित एक कार्यक्रमबीच नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल, प्रतिभा छनोट समितिका संयोजक रमेश पौडेल, नेपाल प्रेस युनियन कास्कीका अध्यक्ष नवीन सिग्देल र पूर्णप्रसाद÷मायादेवी बराल प्रतिष्ठानका अध्यक्ष भोला बरालले पत्रकार लौडारीलाई पुरस्कृत गर्नुभएको हो ।

पूर्णप्रसाद÷मायादेवी बराल प्रतिष्ठानद्वारा स्थापना गरिएको सो पुरस्कारको राशि नगद २५ हजार पाँच सय ५५ सहित सम्मानपत्र र दोसल्ला रहेको छ ।नेपाल प्रेस युनियनका केन्द्रीय उपाध्यक्ष रमेश पौडेलको संयोजकत्वमा गठित प्रतिभा छनोट समितिले यसवर्ष लौडारीलाई पुरस्कृत गर्ने निर्णय गरेको थियो ।

छनोट समिति सदस्यमा भोला बराल, कुशल बराल, बिमला भण्डारी र पदेन सदस्यमा युनियन अध्यक्ष नवीन सिग्देल र सचिव प्रदीप पौडेल रहनुभएको थियो ।

लामो समयदेखि पत्रकारिताको माध्यमबाट पत्रकारिता, शान्ति र मानव कल्याणको क्षेत्रका सक्रिय रहि समाज परिवर्तनमा निर्वाह गरेको योगदानको कदर गर्दै पत्रकार लौडारीलाई पुरस्कृत गरिएको हो ।

२ दशक बढी समयदेखि पत्रकारितामा क्रियाशील उनी हाल हिमदूत दैनिक र रेडियो तरंगमा आबद्ध छन् ।यसअघि सो पुरस्कार पोखराका पत्रकार राजबहादुर गुरुङलाई अर्पण गरिएको थियो ।

Comments
Loading...