चट्याङमा परी एक विद्यार्थीको मृत्यु,गम्भीर घाइतेलाई हेलिकप्टरबाट पोखरा ल्याइयो

हिमाली आवाज । लमजुङमा आज चट्याङमा परी एक विद्यार्थीको मृत्यु भएको छ ।

दिउसो अन्दाजी १५ ः५० बजेको समयमा लमजुङ क्वहोलासोथार गाँउपालिका–४ स्थित त्रिभुवन विद्याआश्रम माध्यमिक विद्यालयमा अचानक परेको चट्याङबाट सोही स्कुलमा अध्ययनरत नौ जना विद्यार्थीहरु र सोही स्कुलमा अध्यापन गराउने दुई जना शिक्षिकाहरु घाईते भएको भएको प्रहरीले जनाएको छ ।

health

घाईते मध्ये दुई जना विद्यार्थीहरुलाई उपचारको लागि हेलिकप्टरबाट मणिपाल शिक्षण अस्पताल पोखरा ल्याउने क्रममा १८ वर्षीय बिनोद बिककोे बाटोमै मृत्यु भएको गण्डकी प्रदेश प्रहरीले जनाएको छ ।

घाइते छबिन्द्र गुरुङको मणिपाल शिक्षण अस्पताल पोखरामा उपचार भईरहेको र अवस्गा गम्भिर रहेको बताइन्छ । अन्य घाइते सबैको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ ।

टिप्पणिहरु
Loading...