जन्मोत्सवमा तनहुँका कवि टीकारामको पुस्तक बिमोचन

हिमाली आवाज । तनहुँको शुक्लागण्डकी नगरपालिका वडा न ४ निबासी कवि टीकाराम पौडेलको ८४ औं जन्मोत्सवको अबसरमा पुस्तक बिमोचन गरिएको छ।

कवि पौडेलद्वारा लिखित कबिता संग्रह ‘बिगत र बर्तमान’ गण्डकी प्रदेश सभा सदस्य राजीव पहारीले गर्नुभएको हो । सो अवसरमा पहारीले सांसद पहारीले साहित्यकारहरु राष्ट्रका अमूल्य सम्पत्ति भएको भन्दै उनीहरुको योगदानलाई राष्ट्रले उचित सम्मान गर्नु पर्ने बताउनुभयो ।

स्रस्टा र कवि ,कलाकार र संस्कृतिकर्र्मीको बिकास र सम्र्बद्धन गर्न छिटोभन्दा छिटो गण्डकी प्रदेश सरकारले गण्डकी प्रज्ञा प्रतिष्ठान गठन गर्न लागेको जानकारी दिदै यसको स्थापना पछि प्रदेशमा साहित्यिक र साँस्कृतिक बिकास र जगेर्नाको काम अझ ब्यबस्थित हुने दाबी गर्नुभयो ।

कार्यक्रममा कवि पौडेलका छोरा मोति प्रसाद पौडेल, समिक्षक पुरुशोत्तम भन्डारी , कविता संग्रहका स्रस्टा टीकाराम पौडेल ,ब्रह्माकुमारी इश्वरिए बिश्वबिद्धालय दुलेगौंडा शाखा प्रमुख रश्मि खड्का, अधिबक्ता महेन्द्रमान ब्यथित लगाएतले मन्तव्य व्यक्त गर्नुभएको थियो ।

पोखरा महानगर वडा न २० भलाममा जन्मिएर हाल दुलेगौंडा तनहुँ निवासी पुर्ब शिक्षक कवि पौडेलद्वारा लिखित ८४ वटा कबिता उक्त संग्रहमा समाबेश गरिएको छ। सो अवसरमा अधिबक्ता महेन्द्रमान ब्यथितलाई सम्मान समेत गरिएको थियो ।

शुक्ला साहित्य सङ्गम दुलेगौंडाको आयोजनामा आयोजित कार्यक्रमको अध्यक्षता सो संस्थाका अध्यक्ष बेनु प्रसाद खतिवडा र संचालन सचिव सरस्वती सिग्देलले गर्नुभएको थियो ।

Comments
Loading...