पोखरामा शुरु भयो सामुदायिक विद्यालयस्तरीय छात्र÷छात्रा भलिबल प्रतियोगिता

हिमाली आवाज । कास्की जिल्ला भलिबल सङ्घ र सिर्जना विकास केन्द्र पोखराको संयुक्त आयोजनामा आजदेखी पोखरामा ‘सिर्जना कप सामुदायिक माध्यमिक विद्यालयस्तरीय छात्र÷छात्रा’ भलिबल प्रतियोगिता शुरु भएको छ ।

पोखरा रङ्गशालास्थित भलिबल कोर्टमा आगामी चैत १४ गतेसम्म सञ्चालन हुने प्रतियोगिताको गण्डकी प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री किरण गुरुङले उद्घाटन गर्नुभयो ।

जिल्लाका सरकारी विद्यालयमा अध्ययनरत विद्यार्थीहरुका बीच प्रतियोगिता सञ्चालन गरेर लुकेर रहेका प्रतिभाको पहिचान गर्दे आगामी दिनमा देशका लागि आवश्यक राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरका क्षमतावान् खेलाडी उत्पादनको लक्ष्य राखिएको छ ।

प्रतियोगिताको पहिलो दिन छात्रतर्फका १२ खेल सम्पन्न भए । पहिलो दिनको खेलमा जित हात पार्दै मेश्रम वराह मावि घान्द्रुक, भद्रकाली मावि, शान्ता मावि, महेन्द्र मावि, कालिका मावि (बी), अमरसिंह मावि, जनप्रिय मावि र वराही मावि मालेपाटन क्वाटरफाइनलमा पुग्न सफल भए ।

प्रतियोगिता अन्तर्गत पहिलो चरणमा छात्रतर्फको पोल ‘ए’ तर्फ मेश्रम वराह मावि घान्द्रुकले ईन्द्र राज्यलक्ष्मी माविलाई २५–१९ र २५–२१ को सोझो सेटमा पराजित गर्दै बिजयी भयो । अर्को खेलमा गोगन मावि अनुपस्थित भएपछि भद्रकाली मावि वाकओभर पाएर दोश्रो चरणमा प्रवेश ग¥यो । अर्को खेलमा शान्ता माविले कालिका माविलाई २५–१२ र २५–१५ को सोझो सेटमै पराजित ग¥यो । सोहि पोलको महेन्द्र माविले गौरीशंकर माविलाई २५–१७, १९–२५ र २५–२१ को सेटमा पराजित

छात्रतर्फको पोल ‘बि’ तर्फ छोरेपाटन माविले नवीन माविलाई २५–१४ र २५–१२१ को सोझो सेटमा हराउँदा अमरसिंह माविले कालिका मावि काहुँलाई २५–१२ र २५–२३ को सोझो सेटमा पराजित ग¥यो । त्यस्तै, बुधबार नै भएको अर्को खेलमा जनप्रिय माविले सिद्ध वराह माविलाई २५–१७ र २५–१५ को सोझो सेटमा पराजित ग¥यो । अर्को खेलमा निश्पक्ष मावि अनुपस्थित हुँदा शान्ता मावि वाकओभर पाएर अर्को चरण प्रवेश ग¥यो ।

बुधबार नै भएको प्रि–क्वाटरफाइनल खेलमा कालिका माविले छोरेपाटन माविलाई २५–२० र २७–२५ को सोझो सेटमा पराजित ग¥यो । पहिलो चरणको खेलमा नवीन माविलाई पराजित गरेर आएको छोरेपाटन मावि बाई पाएर प्रि–क्वाटरफाइनलमा आएको कालिका माविसँग स्तब्ध भएको हो । अर्को प्रि–क्वाटरफाइनलको खेलमा महेन्द्र माविले वराह मावि भेंडाबारीलाई २५–२३ र २५–२२ को सोझो सेटमा पन्छायो । वाकओभर पाएर प्रि–क्वाटरफाइनल आएको महेन्द्र माविले बाई पाएर आएको वराह माविबिरुद्ध जित निकालेको हो ।

यसैगरी अर्को खेलमा वाराही मावि मालेपाटनले शान्ता माविलाई २५–१३ र २५–१३ को सोझो सेटमा हरायो । कालिका माविलाई हराएर प्रि–क्वाटरफाइनलमा आएको शान्ता मावि बाई पाएर आएको वाराही माविसँग स्तब्ध भएको हो । प्रि–क्वाटरफाइनलको अन्तिम खेलमा मेश्रम वराह मावि घान्द्रुकले राष्ट्रिय मावि टुँडिखेललाई २५–१९ र २५–२० को सोझो सेटमा पराजित गर्दै क्वाटरफाइनलको यात्रा तय गरेको कास्की जिल्ला भलिबल संघका अध्यक्ष भीम पराजुलीले जानकारी दिनुभयो ।

प्रतियोगिता अन्तर्गत दोश्रो दिन विहीबार छात्रतर्फको क्वाटरफाइनल खेल तथा छात्रातर्फको पहिलो चरणका खेलहरु हुने आयोजक कास्की जिल्ला भलिबल संघका अध्यक्ष भीम पराजुलीले जानकारी दिए । उनका अनुसार विहीबार छात्रतर्फ मेश्रम वराह मावि र भद्रकाली मावि, शान्ता मावि र महेन्द्र मावि, कालिका मावि र अमरसिंह मावि तथा जनप्रिय मावि र वाराही मावि मालेपाटनबीच सेमीफाइनल प्रवेशका लागि प्रतिष्पर्धा हुनेछ ।
विहीबार छात्रातर्फ पहिलो चरणमा वराह मावि भेंडाबारीले सिद्ध वराह माविसँग, ईन्द्र राज्यलक्ष्मी माविले अमरसिंह माविसँग, भद्रकाली माविले कालिका माविसँग र राष्ट्रिय माविले शान्ता माविसँग प्रतिष्पर्धा गर्नेछ । विहीबार नै छात्रातर्फको क्वाटरफाइनल खेल अन्तर्गत वराह मावि भेंडाबारी र सिद्ध वराह मावि बीचको बिजेताले जनप्रिय मावि सिमलचौरसँग प्रतिष्पर्धा गर्नेछ भने भद्रकाली मावि र कालिका मावि बिचको बिजेताले छोरोपटन माविसँग प्रतिष्पर्धा गर्नेछ । त्यस्तै, राष्ट्रिय मावि र शान्ता मावि बिचको बिजेताले तालवराही माविसँग सेमीफाइनल प्रवेशका लागि प्रतिष्पर्धा गर्नेछ ।

प्रतियोगिताको उद्घाटन गर्दै मन्त्री गुरुङले खेल शिक्षासँग जोडिएको बताउँदै स्वस्थ र तन्दुरुस्त शारीरिक र मानसिक अवस्थामा मात्र शिक्षा आर्जनमा सघाउ पुग्ने बताउनुभयो ।

देशको राष्ट्रिय खेल भलिबल सहित प्रदेशका सबै खेल विधाको विकासमा प्रदेश सरकार प्रतिवद्ध रहेको बताउँदै उहाँले आवश्यक पूर्वाधार निर्माण गरिने बताउनुभयो ।

उहाँले भन्नुभयो,“देश र मानव समाजको समृद्धिका लागि खेलकूद पनि महत्वपूर्ण छ । प्रदेशमा खेलकूदको विकासका लागि आवश्यक पर्ने पूर्वाधार निर्माणका लागि सरकारको ध्यान पुगेको छ ।”

राष्ट्रिय खेलकूद परिषद्का सदस्य सचिव रमेशकुमार सिलवालले विद्यालयका खेल मैदानको स्तरोन्नति र पूर्वाधार निर्माण गरी गाउँ गाउँबाट प्रतिभाशाली खेलाडी उत्पादन गर्ने योजना अनुसार काम अघि बढाइएको बताउनुभयो ।

प्रतियोगिताको उपाधि विजेता छात्र÷छात्रा दुवै टोलीलाई समान रु ७०÷७० हजार, उपविजेतालाई रु ३५÷३५ हजार र तृतीय हुने विद्यालयलाई रु २०÷२० हजारसहित शिल्ड, मेडल र प्रमाणपत्र प्रदान गरिने आयोजक सिर्र्जना विकास केन्द्रका अध्यक्ष इन्द्रप्रसाद पौडेलले जानकारी दिनुभयोे ।
यसैगरी प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी छात्र तथा छात्रालाई जनही रु पाँच÷पाँच हजारसहित ट्रफी तथा अन्य उत्कृष्ट स्पाइकर, उत्कृष्ट डिफेन्डर, उत्कृष्ट लिफ्टर, उत्कृष्ट सर्भर र उत्कृष्ट प्रशिक्षकलाई एक÷एक थान भलिबल प्रदान गरिने आयोजकले जनाएको छ ।

Comments
Loading...