अनलाइन पत्रकार संघ गण्डकीको पदस्थापन

हिमाली आवाज । अनलाइन पत्रकार संघ गण्डकीको पदस्थापन सम्पन्न भएको छ । संघको साधारण सभा तथा प्रथम अधिवेशनबाट चयन भएका पदाधिकारीहरुको आज पदस्थापन भएको हो ।

पदस्थापन कार्यक्रममा संघका नि.सल्लाहकार रामजी प्रसाद लम्सालले अनलाइन सञ्चारमाध्यममा देखिएका समस्याको समाधान निकाल्न एकद्वार प्रणाली आवश्यक रहेको बताउनुभयो ।

त्यसैगरि निर्वाचन समितिका संयोजक केशव पाठकले संघलाई अझ क्रियाशिल बनाउँदै अनलाइन सञ्चारमाध्यममा काम गरिरहेका पत्रकारलाई तालिम तथा प्रशिक्षण दिनुपर्ने आवश्यकता औँल्याउनुभयो ।

त्यस्तै निर्वाचन समितिका सदस्य प्रकाश ढकालले संस्थाको हितका लागि संघ अगाडी बढ्नुपर्ने बताउँदै नवनिर्वाचित टिमलाई शुभकामना व्यक्त गर्नुभयो ।

पदभार गह्रण गर्दै संघका अध्यक्ष कमल सुवेदीले अनलाइन सञ्चारमाध्यममा देखिएका समस्यालाई हटाउँदै थप व्यवस्थित बनाउने प्रतिवद्धता व्यक्त गर्दै अनलाइनमा आवद्ध पत्रकारको पक्षमा संघले योगदान गर्दै जाने उल्लेख गर्नुभयो ।

संघको फागुन २८ गते भएको अधिवेशनबाट अध्यक्षमा कमल सुवेदी, उपाध्यक्षमा सरिता तिमिल्सिना, सचिवमा सन्तोष बस्याल, कोषाध्यक्षमा अनिता घिमिरे तथा सदस्यमा सुरज थापा, शिव न्यौपाने, जैनव खातुन, अर्जुन थापा र राजु गिरी चयन भएका थिए ।

पदस्थापन पश्चात बसेको संघको पहिलो बैठकबाट सल्लाहकार समेत चयन गरेको छ । जसमा गणेश बराल, केशव पाठक, रामजी प्रसाद लम्साल, प्रकाश ढकाल, दिनानाथ बराल, सागरराज तिमिल्सिना, नेपाल पत्रकार महासंघ गण्डकी प्रदेश र नेपाल पत्रकार महासंघ कास्की शाखा रहेको छ ।

त्यस्तै बैठकले २०७८ बैशाख १८ गते अन्तिम मिति राख्दै अनलाइन सञ्चारमाध्यममा आवद्ध पत्रकारलाई नयाँ सदस्यता आह्वान समेत गरेको छ ।

Comments
Loading...