पोखरामा वैशाख ४ र ५ गते ‘पिपलडाली सुनपँदेली’ फुटसल प्रतियोगिता हुने

हिमाली आवाज । पोखरामा पिपलडाली सुनपँदेली युवा एकता मादी वडा नं ५ को आयोजनामा पहिलो संस्करणको फुटसल प्रतियोगिता हुने भएको छ ।

यही वैशाख ४ र ५ गते रानीपौवा स्थित रानीपौवा स्पोर्टस् सेन्टरमा पिपलडाली सुनपँदेली एमेच्युर फुटसल प्रतियोगिता आयोजना गर्न लागिएको प्रतियोगिता संयोजक विशाल बाबु क्षेत्रीले जानकारी दिनुभयो ।

प्रतियोगिताको विजेताले नगद रु ३३ हजार ३३३ सहित ट्रफी, मेडल र प्रमाणपत्र तथा उपविजेताले रु १५ हजार ५५५ सहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्ने आयोजकले जनाएको छ ।

संयोजक क्षेत्रीका अनुसार फेयर प्ले टोलीलाई नगद रु तीन हजार तथा उत्कृष्ट खेलाडी, गोल किपर र सर्वाधिक गोलकर्ता खेलाडीलाई जनही रु एक हजार र ट्रफी,प्रमाणपत्र र गिफ्ट ह्याम्पर पुरस्कार प्रदान गरिने छ ।

प्रतियोगिताको तयारी तीव्र पारिएको र हालसम्म २५ टोलीले सहभागीताका लागि नाम दर्ता गराएको बताइन्छ । प्रतियोगिताको मुख्य प्रायोजक ओली एण्ड् एशोसिएट पोखरा र सहप्रायोजक देउराली देवी युपिभिसि रहेको छ ।

Comments
Loading...