अन्नपूर्ण गाउँपालिकामा माओवादी केन्द्रको कार्यालय स्थापना

हिमाली आवाज । कास्कीको अन्नपूर्ण गाउँपालिकामा नेकपा माओबादी केन्द्रको कार्यालय स्थापना गरिएको छ । अन्नपूर्ण गाउँपालिकामा बुधबार आयोजित एक समारोहकाबीच माओबादी केन्द्रका प्रदेश सचिवालय सदस्य एवं गण्डकी प्रदेशका सांसद रामजी प्रसाद बराल (जीवन) र बिशिष्ट अतिथि संघिय सांसद दुर्गा कुमारी विकले संयुक्र रुपमा गर्नुभयो ।

कार्यक्रममा बोल्दै सांसद बरालले माओबादी केन्द्रले आफ्नो शक्तिलाई दृणताका साथ विश्वासमा लियर अघि बढ्नु पर्ने बताउँदै राजनीतिक दाउ पेच मात्रै सवै थोक नभएको उल्लेख गर्नुभयो । उहाँले मुख्य कुरा आफ्नो पार्टीको विश्वासको वातावरण सृजना गरी अघि बढ्नुपर्ने बताउनुभयो । उहाँले भन्नुभयो, “माओबादी पार्टी अब आफ्नो शत्तिमा भर पर्ने र आफ्नो शक्तिलाई विश्वासमा लियर राजनीतिक दाउ पेचको प्रकृयामा अघि बढ्नु पर्छ । ”

सांसद बरालले वर्तमान सरकार राष्ट्रियता, राष्ट्र हित जनताको चहाना, कम्यूनिष्ट पार्टीको भावना विपरित कदम चाल्दै अघि बढेको आरोप लगाउनुभयो । नैतिकताको आधारमा प्रधानमन्त्री केपी शर्मा ओलीले राजीनामा दिनु पर्ने उहाँको भनाई छ । संघिय सांसद बि.क.ले प्रधानमन्त्री ओलीको कदमले देशलाई बर्बादिमा पर्न लागेको उल्लेख गर्दै राष्ट्रिय हित र संविधानको रक्षाको निम्ति राजनीतिक शक्ति एक भई अघि बढ्नुको विकल्प नभएको उल्लेख गर्नुभयो ।

अन्नपूर्ण गाउँपालिका नेकपा माओबादी केन्द्रका अध्यक्ष धर्मबहादुर गुरुङको अध्यक्षतामा सम्पन्न भएको उद्घाटन सत्रमा माओबादी केन्द्र पार्टीका जिल्ला सदस्यहरुमा दुर्गादत्त भण्डारी, गोविन्द प्रसाद अधिकारी, बिषेश जिल्ला सदस्यहरुमा ऋषिराम भण्डारी, इन्द्र प्रसाद भण्डारी, गाँउ कमिटि सदस्य भेषराज पौडेल लगायतले भनाई राख्नुभयो ।

Comments
Loading...