तीन वर्षभित्रमा गण्डकी पशुको पूर्ण खोपयुक्त प्रदेश

डा.ग्रिष्म न्यौपाने
प्रमुख
योजना अनुगमन तथा मुल्यांकन महाशाखा
भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालय गण्डकी प्रदेश

सर्वप्रथम विश्व भेटेरिनरी दिवसको २०२१ को अवसरमा सबैमा हार्दिक शुभकामना व्यक्त गर्न चाहन्छु । विश्व भेटेरिनरी दिवस मनाउने सन्दर्भमा बेलायतबाट पशु कल्याणको अवधारण विकास हुुँदै आएको हो । शुरुमा आयरल्याण्ड, अमेरिका र बेलायतमा पशु कल्याणका लागि कानूनी व्यवस्था भएका थिए ।

पछिल्लो समय बोर्ड गठन गरी वृहत कार्यान्वयन गरेको भारतले हो । सन् १९२४ मा विश्व पशु स्वास्थ्य संगठनको स्थापनापछि विश्व पशु स्वास्थ्य संगठनको रणनीतिक योजनामा समेटिएर विभिन्न अन्तर्राष्ट्रिय सेमिनार हुन थालेपछि  पशु कल्याणका लागि बृहत छलफल हुन थालेको हो ।

health

गण्डकी प्रदेशमा पशुपन्क्षीको क्षेत्रमा भएका गतिविधिहरु हेर्दा गण्डकीमा मात्र नभएर देशले नयाँ पशुपन्क्षी रोगबाट पशुपन्क्षीहरु आक्रान्त हुनुपरेको छ । लकडाउनका अवधिमा लम्पीस्किन डिजिजको संक्रमण , खोरेतको संक्रमण र्फलिउको छ । बाख्रामा पिपिआर म्याग्दीमा मुस्ताड,कास्कीमा पनि । रोग नियन्त्रणका लागि मन्त्रालयले निर्देशनालय र क्षेत्रीय प्रयोगशालाबाट विशेष टोली खटाएर रोग लागेको क्षेत्रमा नियन्त्रणको काम गरियो । पशु रोग नियन्त्रणका लागि कार्यक्रम गरियो । केही पशुहरुका संक्रामक रोगहरु छन् । कतिपयको खोप छन् । कतिको छैन , कतिपय जुनोटिक हिसाबले महत्वपूर्ण छन् । रोगको प्रकृतिका आधारमा खोप कार्यक्रम वृृहत रुपमा सञ्चालन गर्ने योजना छ । पहिला ७ जिल्लामा मात्र भेटेरिनरी अस्पताल रहेकामा यस वर्ष नयाँ ओएण्ड एम स्वीकृत गरेर ११ वटै जिल्लामा भेटेरिनरी अस्पताल खोलेका छौँ पुशपन्क्षी प्रसार सेवा पुर्यानका लागि सहज होस् ।

यसैगरी पशुपन्क्षीमा खोप कार्यक्रम वृहत रुपमा सञ्चालमा छौँ । यसवर्ष १५ पालिकाम ापूर्ण खोप कार्यक्रम सञ्चालन गर्दछौँ । आगामी वर्ष अझै थप गर्दछौँ । कम्तीमा  तीन वर्षभित्र प्रदेशका ८५ स्थानीय तहभरी पशुको पूर्ण खोप कार्यक्रम सञ्चालन गरेर गण्डकी प्रदेशलाई पशुको पूर्र्ण खोप युक्त प्रदेश घोषणाको कार्यक्रम रहेको छ । त्यसैगरी मोडल भेटेरिनरी अस्पताल स्थापना गर्न कास्कीको पोखरा र तनहुँको दमौली सञ्चालन गर्ने योजना छ । ११ वटै विज्ञ केन्द्रमा रहेका आधारभूत प्रयोगशाला सुदृढ गरी जिल्लाबाटै आधारभूत  प्रयोगशाला सेवा दिने र रोग नियन्त्रणका लागि कार्यक्रम रहेको छ ।

उन्नत नश्लका गाइभैँसीको संख्यात्मक गुणात्मक वृद्धिका लागि कृत्रिम गर्भाधान मापःर्mत नश्ल सुधारलाई अभियानका रुपमा सञ्चालन गर्ने । विभिन्न ठाउँमा नश्ल अभियान सञ्चालन गर्नका लागि असहज भएको ठाउँमा उन्नत नश्लका राँगो साँढे प्रयोग गरेर प्राकृतिक गर्भाधानमा प्राथमिकता दिने योजना । यसैगरी पाडीबाच्छी हुर्काउने कार्यक्रम छ । पाडीबाच्छी हुर्काउने कृषकलाई नगद प्रोत्साहन उपलव्ध गराएर भैँसीको संख्या घट्नबाट जोगाउने कार्यक्रम छ । यसैगरी व्यवसायिक मत्स्य पालनका कार्यक्रमहरु पनि सञ्चालनमा छन् ।  दूध उत्पादनमा अनुदान दिने कार्यक्रम मन्त्रालयको छ । रोगव्याधी , जोखिम र पुश जीउज्यानको सुरक्षाका लागि ७५ प्रतिशत सरकारले र २५ प्रतिशत प्रदेश सरकारले उपलव्ध गराएर बिमा कार्यक्रम निःशुल्क भइरहेको छ ।

टिप्पणिहरु
Loading...