पोखरामा मनाइयो विश्व भेटरिनरी दिवस,निवन्ध प्रतियोगिताका विजयी विद्यार्थी पुरस्कृत

हिमाली आवाज । पोखरामा शनिबार २१ औँ विश्व भेटेरिनरी दिवस मनाइएको छ । गण्डकी प्रदेश सरकारको भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालय अन्तर्गतको पशुपंक्षी तथा मत्स्य विकास निर्देशनालय र भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रको आयोजनामा सो दिवस मनाइएको हो ।

दिवसको यस वर्षको नारा “कोभिड–१९ संकटमा भेटेरिनरीयनको प्रतिक्रिया” विषयमा आयोजना गरिउको निवन्ध लेखन प्रतियोगितामा प्रथम हुन सफल भद्रकाली माध्यमिक विद्यालयका कृति सिग्देल, मावि,द्धितीय गण्डकी बोर्डिक स्कुलका दिया रानाभाट र तृतीय र सान्त्वना स्थान हासिल गर्न सफल बराह मावि भेँडाबारीका पुरुषोत्तम यादव र सुस्मिता कार्कीलाई नगद पुरस्कार वितरण गरिएको थियो ।

प्रथम, द्धितीय, तृतीत र सान्त्वना हुन सफल विद्यार्थीले जनही र सात हजार, पाँच हजार, तीन हजार र एक हजार पुरस्कार प्राप्त गर्नुभयो ।
कार्यक्रममा सरोकारवालाहरुकाबीचमा अन्तरक्रिया आयोजना गरिएको थियो । भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालयका योजन अनुगमन तथा मुल्याङ्कन महाशाखा प्रमुख डा.ग्रिष्म न्यौपानले पशु कल्याण, पशु अधिकार जुनोटिक रोगबाट सजगताका बारेमा कार्यपत्र प्रस्तुत गर्नुभएको थियो ।

विश्व भेटेरिनरी दिवस समारोह का कार्र्यक्रम संयोजक एवं निर्देशनालयका पशु चिकित्सक डा प्रेरणा सेढाईको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन पशु स्वास्थ्य प्राविधिक सुरेश कुमार श्रेष्ठले सञ्चालन गर्नुभएको थियो । कार्यक्रममा सन्देशमुलक सामग्रीहरु वितरण गरिएको थियो ।

भेटेरिनी पेशाको प्रवद्र्धन, पशु स्वास्थ्य, कल्याण, खाद्य सुरक्षा र वातावरणको क्षेत्रमा काम गर्ने उद्धेश्य सहित विश्व भेटेरिनरी दिवस मनाइदै आइएको छ ।

Comments
Loading...