गण्डकीमा मन्त्रालय फुटाएर दीपक मनाङेलाई खेलकूदमन्त्री नियुक्त

हिमाली आवाज । गण्डकी प्रदेश सरकार विस्तार गरिएको छ । मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले मन्त्रिपरिषद् विस्तार गरी युवा तथा खेलकूद मन्त्रीमा राजीव गुरुङ (दीपक मनाङे)लाई नियुक्त गर्नुभएको छ ।

नवनियुक्तमन्त्री गुरुङले आजनै प्रदेश प्रमुख समक्ष पद तथा गोपनियताको सपथ लिनुभयो ।सरकारले सामाजिक विकास मन्त्रालयलाई फुटाएर युवा तथा खेलकूद मन्त्रालय बनाएको हो ।

प्रदेशसभामा अविश्वासको प्रश्ताव दर्ता भएर छलफल भइरहेकामा मुख्यमन्त्रीले सरकार विस्तार गर्नुभएको हो । बिहीबार प्रदेशसभामा विश्वासको मत लिने कार्यसूची रहेपनि सांसद गुरुङ प्रदेशसभामा नपुगेपछि हल्लाखल्ला भएको थियो ।

नवनियुक्तमन्त्री गुरुङले मन्त्रालयमा आयोजित कार्यक्रममा केही दिनभित्रमा आफूले देखिने गरी काम गर्ने बताउनुभयो ।

Comments
Loading...