संक्रमण बढेपछि सरकारी कार्यालय र बैंक तथा वित्तीय संस्थामा सीमित कर्मचारी राखेर सञ्चालन गरिने

काठमाडौँ । सरकारले बैंक तथा वित्तीय संस्थाहरू र सरकारी कार्यालयहरू एक चौथाई मात्र कर्मचारी राखेर सञ्चालन गर्ने निर्णय गरेको छ ।

शुक्रबार बसेको बैठकले कोरोनाको जोखिम थप बढेको निष्कर्ष निकाल्दै बैंक तथा वित्तीय संस्थाहरू र सरकारी कार्यालयहरू एक चौथाई मात्र कर्मचारी राखेर सञ्चालन गर्ने निर्णय गरेको बताइन्छ ।

यस्तै, बैठकले सरकारले यसअघि गरेका निर्णयलाई कडाइका साथ कार्यान्वयन गर्ने पनि निर्णय गरेको छ ।अक्सिजनमा हुने कालोबजारीलाई रोक्ने र होटेल क्वारेन्टाइनलाई थप व्यवस्थिति गर्ने गर्ने निर्णय पनि सीसीएमसीले गरेको छ ।यसैगरी पशुपति क्षेत्रको शव दाह गृहलाई स्वास्थ्य सावधानी अपनाएर सञ्चालन गर्ने निर्णय भएको छ ।

बैठकले काठमाडौँ उपत्यकाका सरकारी अस्पताललाई व्यवस्थित गर्ने र त्यसले पनि नपुगे निजी अस्पालललाई कोभिड अस्पतालका रूपमा विकास गर्ने पनि निर्णय गरेको छ ।

Comments
Loading...