पृथ्वीसुब्बा गुरुङ पुनः गण्डकीको मुख्यमन्त्री नियुक्त

हिमाली आवाज । गण्डकी प्रदेशको मुख्यमन्त्रीमा दोस्रो पटक पृथ्वीसुब्बा गुरुङ नियुक्त हुनुभएको छ । गत वैशाख २६ गते मुख्यमन्त्री गुरुङले पदबाट राजीनामा दिनुभएको थियो ।

प्रदेश प्रमुख सीता कुमारी पौडेलले संविधानको धारा १६८ (३) अनुसार ठूलो दलको हैसियतले नेकपा (एमाले)का संसदीय दलका नेता गुरुङलाई मुख्यमन्त्रीमा नियुक्त गर्नुभएको हो ।

प्रदेश प्रमुख पौडेलले दुई वा दुई भन्दा बढी दललाई सरकार गठनका लागि दिएको तीन दिनको समयमा काँग्रेस संसदीय दलका नेता कृष्णचन्द्र नेपालीले चार दलको समर्थनमा मुख्यमन्त्री दावी गरेपनि हस्ताक्षर पुगेको थिएन ।

नवनियुक्त मुख्यमन्त्री गुरुङले केही बेरमै प्रदेश प्रमुखको निवासमा पद तथा गोपनियताको शपथ लिँदै हुनुहुन्छ । राष्ट्यि जनमोर्चाका दुई सांसदले सरकार निर्माणका लागि हस्ताक्षर गर्न नमानेर तटस्थ बसेपछि विपक्षी गठनबन्धले सरकार बनाउन नसकेका हुन् । यसअघि संसदमा आफू विरुद्ध अविश्वासको प्रश्ताव दर्ता भएर सो लागि मतदानको अघिल्लो दिन गुरुङले पदबाट राजीनामा दिनुभएको थियो ।

दोस्रो पटक मुख्यमन्त्री नियुत्तः गुरुङले एक महिनाभित्रमा संसदबाट विश्वासको मत लिनु पर्नेछ । विश्वासको मत लिन असफल भए मुख्यमन्त्री पदमुक्त हुनेछन् ।

Comments
Loading...