एक पटक मारिएका मदन ⁄ आश्रितलाई एमालेले पटक पटक मारेको छ

♦ भानुभक्त अधिकारी
नेपाली कम्युनिस्ट आन्दोलनका प्रेरणदायी व्यक्ति मदन भण्डारीको जन्म २००९ असार १४ गते शुक्रबार ताप्लेजुङ, ढुंगेसाँघु गाविस ८ ठोट्नेमा भएको थियो ।
२०२८ सालमा पुष्पलाल समूहको नेपाली जनवादी क्रान्तिकारी सांस्कृतिक संघको केन्द्रीय सदस्यबाट राजनीतिक यात्राको सुरुवात गरेका भण्डारी नेकपा मालेको चौथो महाधिवेशन बाट महासचिव हुँदै नेकपा एमालेको प्रवक्ता र २०४९ मा पाँचौं महाधिवेशनबाट पुनः एमालेको महासचिवमा भएका थिए । २०४८ को प्रतिनिधिसभाको निर्वाचनमा काठमाडौं क्षेत्र नं १ बाट निर्वाचित मदन भण्डारीको नेपाली राजनीतिक क्षेत्रमा अहिले पनि गहिरो प्रभाव छ। नेपाली समाजको वस्तुस्थिति विश्लेषण र पहिचान गर्दै विश्वको राजनैतिक परिवेश बुझ्न सक्ने र सबैलाई मिलाएर अगाडि बढ्ने विशिष्ट क्षमता उनमा रहेको पाइन्छ। विश्वमै प्रतिरक्षामा गएको कम्युनिस्ट आन्दोलनलाई नेपालबाट भिन्न तरिकाले सम्बोधन गर्दै थिए ।

सन १९९१ मे २७ मा न्युजविकले ‘नेपालमा कार्लमाक्र्स जीवित छन्’ भने अन्तर्वार्ताको मुख्य सन्देश कम्युनिस्टले धर्मसंस्कृतिको सम्मान गर्दै समाज रूपान्तरण विषयमा कम्युनिस्टहरू धर्मसंस्कृतिको खिलाप हुन्छन् भन्ने विश्वभर आम धारणा प्रचार गरिरहेका साम्राज्यवादी तथा पुँजीवादीका लागि भण्डारीले गतिलो प्रहार गर्दै आफ्नो धारण स्पष्ट पारेका थिए।मूख्यतः कम्युनिष्ट आन्दोलनलाई शान्तिपूर्ण सङ्घर्षको बाटोमा डो¥याउँदै समाजवाद हुँदै साम्यवाद पु¥याउने मान्यताका साथ अघि सारिएको थियो, जनताको बहुदलीय जनवादको कार्यक्रम।सामन्तवाद विरोधी आन्दोलनका अगुवा र कम्युनिष्ट आन्दोलनका एक प्रसिद्ध नेता कमरेड मदन भण्डारीले अघि सारेको विचारले तात्कालीन नेकपा (एमाले) मा वैचारिक मार्गदर्शनको काम ग¥यो। पार्टी्भिभत्र नयाँ जनवादको बहस चलिरहेका बेला भण्डारीले वैधानिक सङ्घर्ष र राजनीतिक प्रतिस्पर्धामा जोड दिए। नेकपा (एमाले) को २०४९ मा सम्पन्न पाँचौं महाधिवेशनले मदन भण्डारीको प्रस्तावलाई जनताको बहुदलीय जनवादका रुपमा अनुमोदन ग¥यो।

पोखरामा पार्टीको कार्यक्रम सिध्याएर चितवनमा अखिल नेपाल महिला संघको कार्यक्रमको जिल्ला अधिवेशन लगायत तराईको पार्टी कामको सिलसिलामा चितवनको यात्राको क्रममा देशी बिदेशी साँठगाँठका कारण दासढुंगामा भण्डारीको र आश्रितको सुनियोजित षडयन्त्रका साथ हत्या गरियो भनेर नेकपा एमालेले आजको दिन सम्म पनि भन्दै आएको छ । २०५० साल जेठ ३ गते नेपाली कम्युनिष्ट आन्दोलनमा एउटा अप्रिय घटना घट्यो। कम्युनिष्ट आन्दोलनमा शान्तिपूर्ण धाराका एक चिन्तक भण्डारीको दुर्घटनामा परी मृत्यु भयो। यद्यपि, भण्डारीको अवसान आकस्मिक दुर्घटना हो वा षड्यन्त्रपूर्ण हत्या ? यो विषय भने आजसम्म बहसमा नै सिमित छ ।

के आजको दिन सम्म आउँदा उनीले चाहेको मार्गमा नेपालको वाम आन्दोलन निरन्तर अघि बढ्दो हो? यो वा यस्तै प्रश्नहरु संभवतः इतिहासकै सबैभन्दा बढी अनुत्तरित काल्पनिक प्रश्न हुन् अबतर मदन बिनाको नेपाली वाम आन्दोलन अहिले कहाँ कुन बिन्दुमा छ? मदन आफैले रचना गरेको जनताको बहुदलीय जनवादको मौलिक नेपाली क्रान्तिको कार्यक्रमले के नेपाली वाम आन्दोलन र खासगरी नेकपा एमालेलाई सही गन्तव्यमा डो¥यायो त? के थियो मदनको सपनाको एमाले अनि कहाँ छ अहिलेको नेकपा एमाले?

एमालेले मदन भण्डारीलाई न्याय गरेको भए , उनको सैद्धान्तिक क्रान्ति जनताको बहुुदलीय जनवादको विचारलाई आत्मसात गरेको भए आजको अवस्थामा देश जाने थिएन । सबै कुरालाई नारामा मात्रै सिमित बनाउनु बाहेक व्यबहारमा शन्युनै पाउछौ। किनभने मदन बिनाका लगभग तिन दशकमा एमालेले मदनको कार्ड भजाएर केवल सत्ताको राजनीति ग¥यो। देशका व्यवस्थाहरु ढाल्ने र आफू सत्ताशक्तिको ताबेदारी गर्ने अव्वल खेलाडी बन्यो। तर मदनको सोच, सपना र आदर्श बमोजिम न त एमाले अघि बढ्यो, न त देश र जनतालाई मदनपथको परिवर्तनको कुनै आभाष नै दिन सक्यो।आफूलाई नेपाली वाम आन्दोलनको मूल प्रवाह दाबी गर्ने एमालेजनहरुलाई यो कुरा तीतो लाग्न सक्ला तर सत्य त्यही हो। यो वर्षको जेठ ३ मा मात्रै होईन कयौं जेठ ३ मा एमाले सरकार थियो ।

नेकपा एमालेका अध्यक्ष केपी ओलीनै तेस्रो पटक सरकार प्रमुख बेने । त्यसबेला धेरैलाई लागेको थियो नेकपा एमालेले दासढुंगा हत्याकाण्डको न्यायिक छानबिन गरेर दूधको दूध पानीको पानी जस्तो छर्लङ्ग पार्ने छ । त्यतिबेला पार्टीले गठन गरेको छानबिन आयोग आखिर उनकै नेतृत्वमा थियो जसले षड्यन्त्र भएको किटान गरेको थियो।तर लोक साक्षी छ, देशले केपी ओली कालीन सरकारको शासन चलिरहँदा आएको जेष्ठ ३दासढुंगा हत्याकाण्डको उचित छानबिन र जननेताको बहुदलीय जनवादको मर्म र भावना अनुसार देश र जनताको हितमा कुनै कार्य गर्यो नत छानबिन गरे सत्यतथ्य सार्वजनिक गर्न सक्यो । सर्सर्ती हेर्दा मदन पत्नी विद्यादेवी भण्डारी देशकै पहिलो महिला राष्ट्रपति र गणतन्त्र नेपालको दोस्रो राष्ट्राध्यक्ष भएकी छन्। मदन बिनाको एमालेले पटक पटक सरकारको नेतृत्व र कयौं पटक सरकारमा सहभागी भएको छ।

केही अपवादलाई छोड्ने हो भने २०४६ पछि बनेका सबैजसो सरकारमा एमाले कुनै न कुनैको पुच्छर बनेर निरन्तर सहभागी भएको छ। स्व. मनमोहन अधिकारीदेखि माधवकुमार नेपाल, झलनाथ खनाल, केपी ओली चार थान प्रधानमन्त्री दिईसकेको छ । दुई कार्यकाल उनैकै पत्नी विद्या राष्ट्रपति भएको पनि । तर एक दिन पनि विद्याले दासढुंगा हत्याकाण्डको छानबिनको कुरा औपचारिक वा अनौपचारिक रुपमा कहीँ कतै उठाएको देशवासीले सुुन्न पाएका छैनन्। नेकपा एमालेले जनताको बहुुदलीय जनवादको कार्यनीतिक ब्यानरमुनि नेपाली वाम आन्दोलनको प्रजातान्त्रिकरण र जनताको आमूल परिवर्तनका लागि के के काम ग¥यो ? यो दिनको घाम जत्तिकै छर्लंग छ। मदनसँगै ज्यान गुुमाएका कुशल संगठक जीवराज आश्रितकी पत्नी माया ज्ञवालीको गरीबी अभाव र पीडा तथा उपेक्षाका जीवन्त साक्षीहरुको मन कति कुँडिदो हो, त्यो जो कसैका सामु खुल्ला किताब सरह छ। बोल्नेको पीठो बिक्यो एमालेमा। मदनपत्नी राष्ट्रपति, आश्रित पत्नी सडक छाप। यही हो जनताको बहुदलीय जनवादलाई एमालेले जसको शक्ति उसको भक्ती गर्दै खिल्ली उडाएको काफी उदाहरण।

तिनै केपी ओली हुन् तिनले दासढुंगा हत्याकाण्डको सरकारले उचित छानबिन गर्न नलगाएको भनेर २०५० जेठ ३ पछिका दिनमा काठमाडौँका सडकलाई महिनौसम्म पनि आन्दोलित गराए। धेरै सडकका रेलिङ भाँचे,आन्दोलनको नाममा पुुलिसलाई इँटा बर्साए र केही निर्दोषको त्यही आन्दोलनका क्रममा ज्यान पनि गयो।फुर्सद हुनेहरुले पल्टाए हुुन्छ। कतिसम्म भने ओलीको संयोजकत्वमा पार्टीले नै छुट्टै छानबिन आयोग समेत बनाएर कथित प्रतिवेदन पनि तयार पारिएको थियो ।

तर उतिबेला टायर बालेर ओलीले सरकारको नेतृत्व गरेका बेला आफैले तयार गरेको प्रतिवेदन कुन दुलोमा छ त्यस्को नाम पनि लिन सक्केन। बरु उल्टै दासढुंगामा डुंगा चलाउने उधारो सपनामा विषयान्तर गरेर लोकलाई हँसाए, मदन आश्रितको बैकुण्ठवासको आत्मालाई मज्जाले गिल्ला गरे, गराए। अब भन्नोस्, के आफ्नै नेताको आत्मामाथि इन्साफ गर्न नसक्ने ओली वा एमालेले अनि उनका विचारहरुलाई व्यवहारमा लागू गरेर देश र जनताको जर्जर अवस्थालाई परिवर्तनका लागि एमाले इमानदार देखियो त? हो, अब भन्न डराउनु पर्दैन कि कालले एक पटक मा¥यो मदन आश्रितलाई तर पलपल मारिरहेको छ एमाले नेतृत्वले।

खासमा मदन नेपाली वाम आन्दोलनको प्रजातन्त्रिकरणका मौलिक अभ्यासकर्ता थिए। एकदलीय शासन व्यवस्थाका हिमायती कम्युनिष्टहरुलाई जनताको मतादेशबाट बहुुदलीय शासनमा अभ्यस्त गराउने मदन सपना व्यवहारिक प्रयोगमा पूर्णता देखाउन नपाउँदै उनी मारिए। त्यसको थप व्याख्या र प्रयोग होइन, सत्ताको लागि अपव्याख्या र दुरुपयोग नै एमालेको कर्म बन्यो।मदन वाम एकताका पक्षपाति थिए। मालेकालीन मदनकै देनकै कारण थियो एमालेको जन्म भएको थियो सधै बामपन्थी एकताकोमा आत्मसात गर्ने भण्डारीले गरेको योगदान लाई आजको दिनमा आउँदा आफू अनुकूल नेता लाई कसरी प्रयोग गर्ने र सत्तामा कसरी पुग्ने भन्दा अरु सपना देख्न पनि छोडी सकेका छन् ।

नवौ माहाधिबेशनमा बामदेबको साथ लिएर पार्टी सत्ता कब्जा गरेको ओलिले पार्टीमा अहिले माधव नेपालले र झलनाथको धोति खुस्काउन राजदिन लागि परिरहे थिए। सरकारको सत्ता कसरी कब्जा गर्ने भने माओवाद पार्टी सग एकताको नाटक मन्चन गरेर बहुमत प्राप्त गरि सरकारको ताला चाबी आफ्नो पञ्जामा पारी एकतालाई अन्त्य गरि अहिले एउटा नब मण्डललेको चरीत्र प्रदर्शन गरिरेहेका छन् । आजको एमालेले वाम एकताको मदन मर्म आत्मसात गरेका भए न सीपी मैनालीको माले नामक वाम पसल बढ्थ्यो, न एमाले माओवादीको पार्टी एकता भैइ बनेको नेकपाको देहावसान हुन्थ्यो न चित्रबहादुर केसीदेखि नारायणमान बिजुक्छेदेखि थरीथरीका माओवादी र डा. बाबुराम भट्टराई तराई दलमा लाग्नुपर्ने हुन्थ्यो ।

तत्कालीन राजा वीरेन्द्रलाई श्रीपेच खोलेर चुुनावी मैदानमा उत्रन खुल्लमखुल्ला चुुनौति दिन्थे अनि न्यूज वीकले लेख्थ्यो, नेपाल जहाँ मार्क्स अझै जीवित छन्। तर हाल त्यही एमाले हो जसले वर्तमान संविधानको बरखिलाप अध्यादेशको माध्यम बाट देश चलाउने र अहिले त सपथग्रहण सम्म आउँदा छुट्टै किसिम परिघटनाले सामाजिक संजाल रगिएका छन् । संघीयतालाई भैसीको सिंगमा बाख्राको टाउको भन्ने र बयलगाढा चढेर अमेरिक जानू बराबर हो भने ओली एमाले अध्यक्ष छन् जबकि मदन विकेन्द्रित सुशासनको वकालत गर्थे।

यी र यस्तै धेरै यथार्थ घटनाहरु छन् जहाँ एमालेले दासढुंगामा एक पटक मारिएका मदन आश्रितलाई पटक पटक मार्ने गरेको छ। आजको दिन देखी एमालेले मदन आश्रित हत्याकाण्डको बन्द गरिदिने हो भने पनि तिनीहरुको आत्माले शान्ति पाउँदो हो। कि एमाले नै दासढुंगा हत्याकाण्ड होईन यो भवितव्य दुर्घटना थियो भनेर प्रमाणित गर्ननै यस्तो उपेक्षा गरिरहेको हो? यदि त्यसो हो भने उसले अब यो हत्याकान्डका फाइल बन्द गरिदिए हुन्छ। नौ दिनमा नौलो, २० दिनमा बिर्सियो गर्ने एमाले चाला हो भने उसले ३ जेठको तिथिलाई राजनीतिक सराद्धे पर्व मनाउन औपचारिक रुपमा नै विराम लगाइदिए हुुन्छ।

सत्तानै एमालेको अन्तिम सत्य र सत्तामा पुगेपछि यस्तैखालको रबाया देखाउने हो भने जनताको बहुुदलीय जनवादलाई नेकपा एमाले मागी खाने भाडोको रुपमा परिभाषित गरे हुन्छ। कम्तिमा मदन र आश्रितको फोटो बेचेर सत्तामा जाने एमाले खेती रोकिए मात्रै पनि दिवंगत नेताद्वयमाथि अन्याय हुँदैन्थ्यो कि? फेरि पनि एमालेले मदन आश्रित सम्झना गर्ने कष्ट नगर्ने छुट पाउँछ नै यदि उसले नेताद्वयलाई प्लेकार्ड र दासढुंगालाई मागी खाने भाँडो बनाउँदै जनताको बहुुदलीय जनवादलाई सत्ताको भ¥याङ नबनाउने हो भने।जे होस, ती महान नेताहरु, जो थिए त्यागका प्रतिमूर्ति, अनुकरणीय जीवनशैलीका पर्याय र जसले संसारबाटै साम्यवादी सत्ताहरु तासको पत्ता झै ढल्दै गर्दा सगरमाथाको देश नेपालमा विश्व सर्वहारा वर्गको मुक्तिको झण्डा हसियाँ हथौडाको झण्डा फहराए।

अनि यूरो कम्युनिज्मको फोटोकपीकै संज्ञा दिइए पनि नेपाली वामलाई बन्दुकको साटो जनताको मतको बाटोबाट सत्ताको नेतृत्वका लागि दिशानिर्देश गरे, ती महानहरुको ३ जेठको हत्याप्रति हार्दिक श्रद्धाञ्जली। एमालेले यो हत्या हो भनेको बिर्से पनि इतिहासले एक दिन जेठ ३ को रहस्य अवश्य खोल्नेनै छ राष्ट्रवादी चरित्रको उदाँगो हुनेछ ।

Comments
Loading...