पोखरामा यातायात व्यवसायी राष्ट्रिय महासंघको महाधिवेशन हुँदै, दुई हजार बढी प्रतिनिधि सहभागी हुने

हिमाली आवाज । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघको सातौँ महाधिवेशन पोखरामा हुने भएको छ । महासंघले आज पोखरामा पत्रकार सम्मेलन गरी यही वैशाख २७ देखी २९ गतेसम्म तीन दिन महाधिवेशन हुने जनाएको हो ।

महाधिवेशनको तयारी तीव्र पारिएको र देशभरबाट व्यवसायीहरु पोखरा आउनेक्रम सुरु भएको महासंघका वरिष्ठ उपाध्यक्ष एनकुमार साइले बताउनुभयो ।
उहाँका अनुसार देशभरमा सार्वजनिक यातायात सञ्चालन गर्ने समिति, कम्पनी, प्रालि तथा सहकारीबाट गरी दुई हजार जना महाधिवेशन प्रतिनिधि र पर्यवेक्षकहरुको महाधिवेशनमा सहभागिता रहने छ ।

महाधिबेशनको कार्यक्रम अन्तर्गत २७ गते उद्घाटन समारोह र २८ गते बन्द सत्र हुनेछ । यसैगरी नयाँ नेतृत्व चयनको कार्यक्रम २९ गते हुने महासंघका गण्डकी संयोजक केदार पौडेलले बताउनुभयो ।
पोखरामा यातायात व्यवसायीहरुको उत्साहजनक सहभागिताले पर्यटकीय नगरी पोखराको पर्यटन प्रवद्र्धनमा सहयोग उहाँले बताउनुभयो ।
“ पोखरामा हुन लागेको यातायात व्यवसायीको महाधिवेशनले पोखराको पर्यटन प्रवद्र्धनमा ठूलो मद्धत पुग्नेछ । महाधिवेशन भव्य रुपमा सम्पन्न गर्नका लागि तयारी गरिरहेका छौँ ।” पौडेलले भन्नुभयो ।
पत्रकार सम्मेलनमा अग्रज यातायात व्यवसायी केशव अधिकारी, महासंघका सचिव भानुभक्त बराल, महासंघ गण्डकीका सचिव योगेन्द्रबहादुर केसीले लगायतले महाधिवेशन भव्य र सभ्य रुपमा सम्पन्न गर्नका लागि सबैको साथ र सहयोगको अपेक्षा गरिएको बताउनुभएको थियो ।

Comments
Loading...