प्रतिनिधि सभा विघटनविरूद्ध विपक्षी गठबन्धनका ५ दल सर्वोच्च जाने

काठमाडौँ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन हस्ताक्षर गरेका सांसदहरू सर्वोच्च जाने तयारी छ।

कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एमालेको माधवकुमार नेपाल पक्ष, जनता समाजवादीको बाबुराम भट्टराई–उपेन्द्र यादव पक्ष, राष्ट्रिय जनमोर्चाका शीर्ष नेता सांसदको हस्ताक्षरसहित सर्वोच्च जाने तयारीमा जुटेका हुन्। कांग्रेस केन्द्रीय सदस्य रमेश लेखकका अनुसार विपक्षी गठबन्धन आज सर्वोच्च जानेछ ।

टिप्पणिहरु
Loading...