मुख्मन्त्रीलाई सहयोग गर्ने राष्ट्रिय जनमोर्चाका गण्डकीका सांसद थापा पदमुक्त

हिमाली आवाज । गण्डकी प्रदेशका सांसद कृष्ण थापा पदमुक्त हुनुभएको छ । राष्ट्रिय जनमोर्चाका सांसद थापालाई सो पार्टीले पदमुक्त गर्ने निर्णय गरेर प्रदेश सभा सचिवालयमा सो निर्णय दर्ता गरेसँगै थापा पदमुक्त हुनुभएको छ ।

गण्डकीका मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङ विरुद्ध हस्ताक्षर गरी काँग्रेस नेतृत्वमा सरकार बनाउन असहयोग गरेपछि थापालाई पार्टी निर्णय विपरित कार्य गरेको भन्दै सो पार्टीले साधारण सदस्य समेत नरहने गरी यसअघि कारवाही गरेको थियो ।

पार्टीले काँग्रेस नेतृत्वमा नयाँ सरकार बनाउन निर्देशन दिएपछि थापाले त्यसको अवज्ञा गरी मुख्यमन्त्रीलाई सहयोग गरेपछि जनमोर्चाले थापालाई सांसदबाट समेत हटाएको बताइन्छ ।

जनमोर्चाका महासचिव मनोज भट्ट र प्रदेशसभाका सचेतक पियारी थापाले हटाइएको पत्र सचिवालयमा बुझाउनुभएको हो । थापा बाग्लुङ क्षेत्र नं १ को क बाट प्रदेशसभामा निर्वाचित हुनुभएको थियो ।

 

Comments
Loading...